News From Nepal

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण राष्ट्रिय समिति सदस्यमा के.आई. नेपाल मनोनित

  • 13
  •  
  •  
  •  
  •  
  •  
    13
    Shares

काठमाडौं, २० चैत्र । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अनुसार गठन हुने मानव बेचबिखन विरुद्धको राष्ट्रिय समितिमा विगत १० वर्षदेखि मानव बेचबिखन र लैङ्गिक हिंसा अन्त्यका लागि कार्य गर्दै आइरहेको सामाजिक संस्था के.आई. नेपाल मनोनित भएको छ ।

मानव बेचबिखन तथा ओसारपसार विरुद्ध कार्यरत संस्था वा व्यक्तिमध्येबाट महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले मनोनित गर्ने ३ जना सदस्यहरुका निम्ति चैत्र १६ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार के.आई. नेपाललाई राष्ट्रिय समितिको सदस्यमा मनोनयन गरिएको हो ।

राष्ट्रिय समितिको सदस्यमा मनोनयन भएसँगै के.आई. नेपाललले मानब बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि पाएको जिम्मेवारी संस्थाले अझै प्रभावकारी रुपमा पूरा गर्ने प्रतिवद्धता सहित खुशी व्यक्त गरेको जानकारी के.आई. नेपालका कार्यक्रम निर्देशक इन्द्रराज भराईले बताए ।

हाल मानव बेचविखनको स्वरुप बदलिदै गइरहेको अवस्थामा नेपाल भारत सीमामा रहेर सीमा निगरानी, सूचना सम्प्रेषण, परामर्श, भारत लगायत तेस्रो मुलुकमा विभिन्न बहानामा तथा रोजगारीको शिलशिलामा अलपत्र अवस्थामा रहेकाहरुको उद्धार गर्ने, उद्धार गरिएका महिला तथा बालबालिकाको पुनस्र्थापना गरी सुरक्षित आवास सेवा र सीप विकास तालिम प्रदान गरी परिवारमा पुनर्मिलन गराउने र व्यवसाय संचालनमा मद्दत गरी आत्मनिर्भर बनाउन सहयोग गर्ने, तथा समुदायमा सचेतनामूलक कार्यक्रम सँगसँगै व्यवसायिक तालिम तथा महिला सशक्तिकरणका कार्यक्रमहरू संचालन गर्दै आइरहेको छ ।

आ.व. २०७३ र ७४ को तथ्यांक हेर्ने हो भने यस संस्थामार्फत् ४६६ जना महिला तथा बालिकाको उद्धार गरी परिवारमा पुनर्मिलन गराउने कार्य यस संस्थामार्फत् भएको छ साथै भारतका विभिन्न ठाउँहरुबाट छ महिनाको अवधिमा ५ महिला र ३ किशोरीको उद्धार गर्न संस्था सफल भएको छ ।

Leave A Reply

Your email address will not be published.