No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

पूर्वाञ्चल क्यान्सर अस्पताल ‘दक्षिण एसियाको नमुना’

भौतिक पूर्वाधार, अत्याधुनिक उपकरण र जनशक्तिका हिसावले पूर्वाञ्चल क्यान्सर दक्षिण पूर्वी एशियाको नमुना भएको अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले बताए ।

  • 16
  •  
  •  
  •  
  •  
    16
    Shares
बिर्तामोड– पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोडले एक वर्षमा २६ हजार क्यान्सरका विरामीलाई सेवा दिएको छ । अस्पताल प्रशासनले शुक्रबार पत्रकार सम्मेलन गरी यो जानकारी दिएको हो ।

भौतिक पूर्वाधार, अत्याधुनिक उपकरण र जनशक्तिका हिसावले पूर्वाञ्चल क्यान्सर दक्षिण पूर्वी एशियाको नमुना भएको अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले बताए ।

अस्पताल तीन सय शैय्याको छ । पूर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डा. वीरेन्द्र यादवले एक बर्षको अवधिमा अस्पतालले दुई हजार सातसय जना क्यान्सरका नयाँ बिरामीलाई सेवा दिएको जानकारी दिए ।

यो अवधिमा चार सय १३ जनाले रेडिएसन, पाँच सय २५ जनाले सर्जरी सेवा लिएका छन् । अस्पतालमा एक मिनेटमा रेडिएसन दिनसक्ने प्रविधि छ । क्यान्सरको अवस्था जाँचका लागि ‘पेट सिटी स्क्यान’ मेसिन पनि प्रयोगमा छ ।

कार्यक्रममा बीएण्डसी टिचिङ अस्पतालका मेडिकल डाइरेक्टर डा. निराजन पराजुली, डा. उमेश शर्मा, पत्रकार मोहन काजी लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले गरेका थिए ।

प्रकाशित: १८ पुष २०७७, शनिबार १४:४७
Comments
Loading...