17 - 17Shares
काठमाडौं । अष्ट्रेलियाका विभिन्न राज्यमा बस्ने नेपालीहरुले बिगत ३५ बर्षदेखि पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस स्वतःस्फूर्त रुपमा मनाएका ईतिहास साक्षी छ । नेपाली नागरिक समाजका अगुवाहरू हरेक बर्ष सिड्नीको Pitt St मा भेला भएर नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको सम्झना गर्दै एकता दिवस मनाएका मनाईरहेका छन् । विगत देखिनै निरन्तरता दिँदै पृथ्वी जयन्तीलाई अन्तर्राष्ट्रिय एकता दिवसको रूपमा भव्यताका साथ मनाईने संयोजक डिला खरेलले जानकारी दिए।
प्रवासी नेपाली एकता समाज अस्ट्रेलियाले यो बर्ष पनि भव्यताका साथ २९९औ पृथ्वीजयन्ती एवं राष्ट्रिय एकता दिवस भव्यताका साथ मनाउने अध्यक्ष अजय राजवंशीले जानकारी दिए ।
प्रवासमा वस्ने नेपालीहरू पृथ्वीनारायण शाहप्रति श्रद्धा गर्ने र प्रत्येक वर्ष धुमधामका साथ एकता दिवस मनाईने एकता समाज अष्ट्रेलियाका महासचिव मिलन आचार्यले वताए। राष्ट्रिय एकताका लागि सबै नेपाली एकताबद्ध हुनु नै राष्ट्र निर्माता पृथ्वी नारायण शाहप्रति सच्चा सम्मान हुनेछ।