No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

‘म इतिहासबाट डामिन चाहन्न’

  • 17
  •  
  •  
  •  
  •  
    17
    Shares

‘म इतिहासबाट डामिन चाहन्न’

डा. युवराज संग्रौला ।
आज राति सपनामा
मैले मेरो अनुहार हराएको देखें
जब मैले मेरो अनुहार हराएको देखें
म कस्तो थिएँ ?
म मेरो अनुहारको खोजीमा
जताततै हात पसारी छामछाम छुमछुम गर्दै थिएँ
मेरो अनुहार हिलोमाटोमा खसेको रहेछ
टिपें हेरें
तर डर लाग्यो आफ्नै अनुहारसँग
फोहोर लागेपछि
आफ्नै अनुहारपनि बिरानो हुँदोरहेछ ।
फेरि एक हुल मानिस भेटें
उनीहरु मुर्कुटा थिए
वा, मायावी थिए ।
उनीहरु,
अनुहार फेर्थे
अनि हाँस्थे
आफ्नो अनुहार फेर्ने पारख देखेर
मैले मेरो हिलो लागेको अनुहार
पल्टाइ पल्टाइ हेरें
मेरो अनुहार त ओइलाइसकेको रहेछ ।
इतिहासले भन्यो
अब के गर्छस् ?
मसँग जवाफ थिएन
मैले भनें
तिमीलाई झुक्याइदिन्छु
उसले भन्यो
समय तँ भन्दा बलवान छ
तँलाई त्यसले हर्दम सुइराले घोच्ने छ
आजसम्म इतिहासलाई जित्ने
प्राणी जन्मेको छैन ।
म ब्यूँझिएँ
सोचें
आखिर मनिसले मरेपछि पाउने त इतिहास मात्रै हो
ठानें
विवेकलाई बन्धकी राखेर
इतिहासको बध गर्ने छुइनँ
भलै आफ्नो बध किन नहोस् ।
मलाई आमाले र बाबुले सिकाएको छ
छलकपट कहिल्यै नगर्नु
इतिहासले डाम्ने छ
त्यसैले
म इतिहासबाट डामिन चाहन्न ।

प्रकाशित: २६ पुष २०७७, आईतवार ०३:४२
Comments
Loading...