No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

एकता भत्काउँदै पराया इच्छा पूरा गर्ने अवाञ्छित क्रियाकलाप भित्रिएकोमा पूर्वराजा असन्तुष्ट

  • 415
  •  
  •  
  •  
  •  
    415
    Shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिमा अवाञ्छित क्रियाकलाप भित्रिएको महसुस आमनेपालीले गरेका भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

२९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा शुभकामना सन्देश जारी गरी पूर्वराजा शाहले हामीले बेहोरेको राजनीति कति इमान्दार र राष्ट्र केन्द्रित छ, कति जनहित अनुकुल छ त्यसको समीक्षा गर्न बिलम्व भइसकेको बताएका छन् ।

सन्देशमा उनले भनेका छन्, ‘जनचाहना बमोजिम अघि बढ्नु शाहबंशीय राजपरम्पराका विशेषता भएको तथ्य कसैबाट छिपेको छैन । राष्ट्रियता, राष्ट्रिय एकता, राष्ट्रिय स्वाभिमान र राष्ट्रहितलाई केन्द्रमा राखेर अघि बढ्ने क्रममा देशको आवश्यकता र जनताको चाहना हुँदा शाहबंशीय राजाहरुले सक्रिय भूमिका मात्र निर्वाह गरेका छैनन् संवैधानिक राजतन्त्रको मर्यादा अनुरुप व्यवहार भएको छ र राजगद्दी त्याग्ने सम्मको उच्च साहस र इमान्दारी पनि दर्शाएका छन् ।’

प्रकाशित: २६ पुष २०७७, आईतवार ११:५९
Comments
Loading...