No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नेपाल रहे मात्र हामी नेपालीको अस्थित्व रहन्छ -राष्ट्रिय सरोकार मन्च नेपाल

  • 57
  •  
  •  
  •  
  •  
    57
    Shares
सोम बिक्रम सिंह ।
ॐ श्री गणेशाय नम:
मिती : आज २०७७ साल पौष कृष्ण त्रयोदशी पौष २७ गते
वडामहाराजाधिराज श्री ५ पृथ्वी नारायण शाहको २९९ औं जन्म जयन्ती तथा ” राष्ट्रिय एकता दिवस “को शुभ उपलक्ष्यमा सम्पूर्ण नेपालीलाई हार्दिक मंगलमय शुभकामना। बाईसे चौबिसे राज्य बिभिन्न खण्ड खण्डमा बिभाजित स-सान राज्यलाई उहाँको अधम्य सहास र अथक मेहीनतबाट अविभाज्य, अखण्ड तथा स्वाधिन नेपाल अधिराज्यको एकिकरण गरीबक्सिएको एेतिहासिक यथार्थ लाई हामी नेपाली हरु ले कहिले बिर्सिनु हुँदैन।
अखण्ड नेपाल निर्माण गर्ने राष्ट्र निर्माता वडामहाराजाधिराज श्री ५ पृथ्वी नारायण शाहको जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवस भव्यताका साथ मनाउन हुन सम्पूर्ण राष्ट्रबादी तथा देशभक्त जनतामा हार्दिक अपिल गर्दछौं ।
“मेरा साना दुःख ले आर्ज्या मुलुक हैन , चार जात छत्तीस बर्णको साझा फुलबारी हो”
हालका गणतन्त्रबादी सत्ता तथा राजनितिक दल र नेताहरुले “राष्ट्रिय बिभूति” लाई आदर सम्मान दिन त परै जाअोस्, आधुनिक नेपालको निर्माणकर्ताको सम्मानमा मनाइने “राष्ट्रिय एकता दिवस” लाई समेत सम्झन साहास गरेनन्। आज राष्ट्र बिखण्डनको मझदारमा उभिएको छ “चार जात छत्तीस बर्ण” को हाम्रो नेपाल बिभिन्न जात जाती र भेष भूषा एवं भाषा को नाममा नेपाली एक अापस बिच नै फुट तथा बैमनष्यताले गर्दा हिमाल-पहाड़-तराई बिच नै बिश्वासको खडेरी उत्पन्न भई बिखण्डनको अवस्थामा पुगि सकेको र नेपालको अस्मिता नै नरहने हो कि भन्ने स्थिती निम्तेको जग जाहेर छ। तसर्थ नेपाल रहे मात्र हामी नेपालीको अस्थित्व रहन्छ भन्ने भावर्थ सम्पूर्ण नेपालीले मनन गर्न अत्यावश्यक भएको छ। पुर्खाले निर्माण गरेको नेपाललाई पुन एकीकृत भावनाको सूत्रमा बाध्न हिमाल-पहाड़-तराई बिच एकताको माला उन्न जरूरी छ। एक अापस बिच भाईचारा, प्रेम, मेलमिलाप र सद्भाब कायम गर्न राष्ट्रिय एकता दिवसलाई पर्वको रूपमा मान्न अहिलेको अावश्यकता महशुस गरिएको छ। श्री ५
वडामहाराजाधीराज पृथ्वी नारायण शाहदेवको जय होस। ईति
जय गोरख।
सोम बिक्रम सिंह
कर्मनिष्ठ अभियन्ता तथा केन्द्रिय अध्यक्ष
राष्ट्रिय सरोकार मन्च नेपाल ( परिवार )
No photo description available.
प्रकाशित: २७ पुष २०७७, सोमबार ०२:१५
Comments
Loading...