No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

लघुकथा: क्रान्ति

  • 4
  •  
  •  
  •  
  •  
    4
    Shares

* खगेन्द्र बस्याल
उसले घरका सानाठूला सवैलाई तपाईं भन्न थाल्यो ।कसैको पनि मन नदुखाइ बोल्न कस्सियो ।उसको घरमा नबोल्नेहरु संग पनि हार्दिकतापूर्वक बोल्नु मैं कल्याण देख्यो ।सवैसंग आदरतापूर्वक बोल्दा नैं आफूमा सशक्ति बढेको महसुुस गर्यो।धनिकोमा भन्दा गरीवको घरमा गएर रमाउन उचित ठान्यो।

ऊ छिमेकीको अवस्थामा पनि चासो लिन थाल्यो ।कसैको घरमा पुस्तक कापीकलम पुग्न नसकेको अवस्था पनि छ कि,ख्याल गर्न थाल्यो ।कसैलाई सामान्य बिरामीको लक्षण देखिए निदानकोलागि तत्कालै पहल गर्ने बानी बसाल्यो।यसको कारणबाट आफुलाई माया गर्नेहरु बढ्दै गएको अनुभूति गर्न थाल्यो ।

सवैको माया ऊ माथि बढ्न थालेपछि मनोबल बढ्ने नैं भयो ।गाउँमा कोही जुवातास खेलेको देखे आमा समुहलाई उक्साएर निरुत्साहित पार्न कस्सियो।अन्यजातिका युवतीलाई कसैले फरक ढंगले हेरेको पाए के तिनीहरू तपाईंको दिदीबहिनी बराबर होइनन् र!भन्नथाल्यो ।चुरोट ,खैनी र प्लास्टिक कुनै घर वरिपरि देखे यो कसले फालेको भन्दै सम्वन्धित व्यक्ति संग आक्रोशित रुपले सोध्न थाल्यो ।

बिस्तारै ऊ एकल महिलाको पक्षमा उभिदै रातो बस्र अवदेखि तपाईंहरुले लगाउन हुन्छ भन्न थाल्यो ।बसाइँसराइ किन गर्ने ,यही माटोमा सुन फलाउँ भन्ने खालका कुरामा समय बढी दिन थाल्यो ।आफ्ना छोराछोरीलाई सामुदायिक बिद्यालय मै पढाउँ,बरु गुणस्तरीयता बढाउन अभियान थालौं भन्न थाल्यो ।छोराछोरीमा विभेद देखाउने संग यो के कारण हो जवाफ चाहियो भन्न थाल्यो ।जड्याहाहरु पनि उसले थाहा पाउला भनेर लुकीलुकी खान थाले।गाउँघरमा र वरपरका भेलामा दर्शकदीर्घाबाटै सही कडा प्रश्नको बाण हानेर नेता एवम् सरोकारवालाहरुलाई सातो कडाउन पनि माहिर हुन थाल्यो ।

उसकै कारण गाउँमा बालश्रमिक राख्ने चलन हराउन थाल्यो ।पेटमा छोरी रहेको थाहा पाएर गर्भपतन गराउने पनि हराउन थाले।
उसको यो गतिविधि उसकै साइलो काकालाई पटक्कै मन परेको थिएन ।यसैले उनी घरमै आएर भने ” तँ धेरै बाठो नबन।तँलाई मन नपराउनेहरु धेरै भए ,समयमै आफ्नो बानी बेहोरा परिवर्तन गर।यो त अति भो,भन् त यो तँ के गर्दैछस्?” यो सुनेर उसले संक्षिप्त जवाफ दियो “यो क्रान्तिको शुरुआत मात्रै हो ,क्रान्ति गर्न हतियारै चलाउनु पर्छ भन्ने छैन नि काका!”

प्रकाशित: २७ पुष २०७७, सोमबार ०५:२९
Comments
Loading...