पृथ्वी जयन्तीमा भएको सरकारी दमनप्रति स्वतन्त्र नागरिक समाजको आपत्ति
सरकारको दमनको विरोध गर्दै आएको स्वतन्त्र नागरिक समाज सहितको समूहले राजसंस्था पुनर्स्थापनाको लागी आगामी माघ ५ गतेदेखि राजधानी केन्द्रित आन्दोलन गर्ने घोषणा पनि सोमबार नै गरेको छ ।
127 - 127Shares
काठमाण्डौ । पृथ्वी जयन्ती मनाउने क्रममा सरकारले गरेको दमनप्रति स्वतन्त्र नागरिक समाजले आपत्ति जनाउँदै राष्ट्र निर्माताको सम्मान गर्न जाँदा अवरोध गर्ने निषेधको राजनीति बन्द गर्न पनि सरकारलाई चेतावनी दिएको छ ।
समाजका संयोजक हेमबिक्रम सिलवालले सोमबार एक प्रेस वक्तव्य जारी गर्दै ‘राष्ट्र निर्मातालाई सम्मान आफु पनि सम्मान नगर्ने र सम्मान गर्न गएका सर्वसाधारणलाई दमन गर्ने सरकारी रवैया बन्द गर्नुपर्ने’मा जोड दिएका छन् ।
काठमाण्डौको भद्रकालीमा पृथ्वी जयन्ती मनाउन जान निस्केको र्यालीमा प्रहरीले हस्तक्षेप गर्दा भएको झडपमा पनि केही प्रदर्शनकारी घाइते समेत भएका थिए ।
सरकारको दमनको विरोध गर्दै आएको स्वतन्त्र नागरिक समाज सहितको समूहले राजसंस्था पुनर्स्थापनाको लागी आगामी माघ ५ गतेदेखि राजधानी केन्द्रित आन्दोलन गर्ने घोषणा पनि सोमबार नै गरेको छ ।
पृथ्वी जयन्ती मनाउन बनकाली बाट निस्केको मोटरसाइकल र्याली माइतीघरमा पुगेर कोणसभामा परिणत भएपछि कोणसभालाई सम्बोधन गर्दै राजसंस्था पुनर्स्थापनाको लागि आगामी माघ ५ गतेबाट वृहत नागरिक आन्दोलनको घोषणा गरिएको हो ।