तर, ओली कमरेड ! हामी तिम्रो बोली होइन, व्यवहार हेर्छौं
यति सल्लाहपछि ती स्टुडियो छिर्छन्, सल्लाहबमोजिम गर्छन्। अन्तर्वार्ता भाइरल हुन्छ। युट्युबबाट डलर आउँछ, अनि बाँडीचुँडी खान्छन्।
283 - 283Shares
ओलीले पनि युट्युबेबाट सिकेछन्। युट्युबेहरुबिच असाध्यै राम्रो सम्बन्ध हुन्छ। स्टुडियोमा जानुअघि उनीहरु सल्लाह गर्छन्, ‘‘तैले मेरो कठालो समात्नु, म तँलाई मारिदिउँ भन्छु। अनि तैले हिर्काए जस्तो गर्नु।’’ यति सल्लाहपछि ती स्टुडियो छिर्छन्, सल्लाहबमोजिम गर्छन्। अन्तर्वार्ता भाइरल हुन्छ। युट्युबबाट डलर आउँछ, अनि बाँडीचुँडी खान्छन्।
२०५२ मा महाकाली बेचेका, जीवनभरि ‘दिल्लीदाहिना’का पर्याय बनेका, २०६५ मा राकेश सुदसँग मिलेर आमसभा गरेका, भारतीय पूजारी हटाउँदा आन्दोलन गरेका, प्रधानमन्त्री हुनुअघि हप्तैपिच्छे ट्याक्सी चढेर लैनचौर छिर्ने गरेका, मोदीलाई नेपालभरि नागरिक अभिनन्दन गराएका, वाम एकतापछि कांग्रेस–माओवादीइतरको सरकार खोजेका, राष्ट्रघाती एमसीसीमा निधारले ल्याप्चे लगाएका, रअ प्रमुख बोलाएर खुसामत गरेका, गोयल निर्देशनमा चुच्चे नक्शा हटाएका, दिल्लीकै निर्देशनमा संसद भंग गरेका र नेकपा फुटाएका ओलीले फेरि दिल्लीका युट्युबे बोलाएर ‘प्रायोजित’ अन्तर्वार्ता दिएछन् र लोकलाई उल्लु बनाएछन्।
तर, ओली कमरेड ! हामी तिम्रो बोली होइन, व्यवहार हेर्छौं।
एउटा सार्थक अन्तरक्रिया।
०००००
बुद्धिजीवी र क्रान्तिकारी साथीहरु,
बिहीबार २ बजे यता भेटौं।

प्रकाशित: २८ पुष २०७७, मंगलवार १४:५४