No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

आन्तरिक राजश्वका कर्मचारी ४३ हजार घुससहित पक्राउ

  • 7
  •  
  •  
  •  
  •  
    7
    Shares

काठमाडौँ । आन्तरिक राजश्व कार्यालय, बालाजुका कम्प्युटर अपरेटर ४३ हजार घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले अपरेटर राजन शर्मा र टिमुर किचन रेष्टुरेन्टका सञ्चालक सन्तोष थापामगरलाई पक्राउ गरेको हो ।

शर्माले टिमुर किचन रेष्टुरेन्ट ढुंगेधारा, बनस्थलीका संचालक थापा मगरसँग कर तिर्न सहजिकरण गरिदिने भन्दै ४३ हजार घुस माग गरेका थिए ।

प्रकाशित: २९ पुष २०७७, बुधबार ०९:०९
Comments
Loading...