No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

हेर्दै जानुस् ओली समूह सडकको धुलोमा परिणत हुन्छः अध्यक्ष नेपाल

  • 16
  •  
  •  
  •  
  •  
    16
    Shares

काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको लडाइँ पद र प्रतिष्ठाको नभई विचार, नीति र पद्धतिको भएको बताएका छन् ।

प्रचण्ड-नेपाल समूहको काठमाडौं जिल्लास्तरीय कार्यकर्ता भेलालाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूहरु पार्टीमा पद्दति स्थापित गर्न लडेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीको देशलाई संकटमा पुर्याउने चाहना रहेको उनले बताए । प्रतिनिधिसभा विघटनको कदमविरुद्ध अपार समर्थन पाएको भन्दै उनले प्रधानमन्त्री ओली सबै हिसाबले एक्लिएको बताए ।

प्रधानमन्त्री ओलीले डमरु बजाउँदै केन्द्रीय कमिटी सदस्य बाँडिरहेको भन्दै उनले ओलीको पार्टी सडकको धुलोमा परिणत हुने दाबी गरे । मन्त्रीहरुको अधिकार खोसेर मन्त्रीहरुको अपमान गरिएको तथा सचिवहरुमार्फत सरकार चलाउन थालेको उनले आरोप लगाए ।

उनले ओलीलाई विध्वंसकारी मान्छे भन्दै कहिल्यै पनि बनाउने काम नगरेको टिप्पणी गरे । झापा देखि जेल हुँदै जेलबाट निस्किएपछि पनि पार्टीमा समस्या मात्रै खडा गरेको उनले जिकिर गरे ।

प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयबाट संविधानमाथि प्रहार भएको जनाउँदै नेपालले अहिले संविधानको मर्म र मूल्यमान्यताको रक्षाको प्रश्न उब्जिएको बताए । उनले नेता कार्यकर्तालाई लोकतन्त्रका पक्षमा उभिन पनि आग्रह गरे । पार्टी स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश इञ्चार्ज अष्टलक्ष्मी शाक्यले जनताको आन्दोलनले नै प्रतिनिधिसभा पुनःस्थापना गराएरै छाड्ने जिकिर गरिन् ।

प्रकाशित: २९ पुष २०७७, बुधबार १४:५४
Comments
Loading...