4 - 4Shares
अस्ट्रेलियामा कोभिड-१९ नियन्त्रणका लागि लगाइएका प्रतिबन्धहरू उल्लङ्घन गर्दै हजारौँ मानिसले एउटा विवादास्पद दिवसविरुद्ध प्रदर्शन गरेका छन्। केही व्यक्तिलाई पक्राउ गरिएको विवरण प्राप्त भएको छ।
सन् १७८८ मा ब्रिटेनका पानीजहाजहरूको पहिलो टोली सिड्नी आइपुगेको स्मरण गर्दै जनवरी २६ मा अस्ट्रेलिया दिवस मनाइने गरेको छ।तर आलोचकहरूले उक्त दिनलाई अतिक्रमणको दिनको सङ्ज्ञा दिएका छन्।