No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नेपाल कोभिड-१९ विरुद्धको लडाईंको नयाँ चरणमा प्रवेश : प्रधानमन्त्री

  • 13
  •  
  •  
  •  
  •  
    13
    Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कोभिड-१९ विरुद्धको लडाईंको नयाँ चरणमा प्रवेश गरेको बताएका छन् ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल रुपमा कोभिडविरुद्धको खोप अभियानको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले खोप अभियान सुरुवात भएसँगै कोभिडविरुद्धको लडाईं नयाँ चरणमा प्रवेश गरेको बताएका हुन् ।

उनले भने, ‘खोप अभियानबाट कोभिड १९ विरुद्धको लडाईंलाई माथि उठाएका छौँ । गएको एक बर्ष अत्यन्तै कठिन भएको छ । महामारीका रुपमा आएको कोभिडबारे यसअघि कसैलाई पनि ज्ञान नभएपनि यसको सामना गर्न हामी अघि बढिरह्यौँ।’ उनले माघ १८ गतेसम्म संचालन हुने यस अभियानमा सिंगो राष्ट्र एकताबद्ध भएर सफल पार्न आह्वान गरे ।

प्रधानमन्त्रीले सबै नागरिकलाई यो खोप निःशुल्क उपलब्ध हुने स्पष्ट पारेका छन् । उनले अग्रपंक्तिमा रहेर खटिने स्वास्थ्यकर्मीको उच्च प्रशंसा गर्दै आफु खतरा मोल्न चाहेर पनि देश हितमा लाग्नेहरुको कठिन घडीमा पुर्याएको योगदान अविस्मरणीय रहेको बताए ।

प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई खोप उपलव्ध गराएकोमा विशेष धन्यवाद दिए । त्यसक्रममा उनले अन्य देशसँग समेत खोपवारे कुराकानी भइरहेको र भारतसँग थप खोप किन्ने पहल भइरहेको जानकारी दिए ।

 

प्रकाशित: १४ माघ २०७७, बुधबार ०५:५२
Comments
Loading...