No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

थप ८१ जनामा कोरोना संक्रमण, दुईको मृत्यु

  • 5
  •  
  •  
  •  
  •  
    5
    Shares

काठमाडौं । नेपालमा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८१ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७४०६५ पुगेको छ ।

शनिबार थप ६२ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २७०३२५ पुगेको छ । पछिल्लो २४ घण्टामा थप दुई जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७७३ पुगेको छ । क्वारेन्टाइनमा ६२ जना छन् भने आइसोलेसनमा ९६७ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित: १५ फाल्गुन २०७७, शनिबार ११:०९
Comments
Loading...