No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

ओलीको बिकल्पमा जुनसुकै पार्टीको जोसुकैलाई प्रधानमन्त्री बनाए हुन्छ

सिङ्गो संसदको गला रेट्न खोज्नेलाई पुन: त्यहि संसदले पदमा पुर्‍याउने भनेको बलत्कारीलाई पति परमेश्वर मानेर पूजा गरेजस्तै हो !

  • 184
  •  
  •  
  •  
  •  
    184
    Shares

देवेन्द्र काेइराला

१.सांसद खरिदबिक्री हुने खतरा बढ्यो: परराष्ट्रमन्त्री ।

बिज्ञापन गर्ने तरिका गजब छ ।
२.संविधान र गणतन्त्र बचाउने हो भने ओलीको बिकल्पमा जुनसुकै पार्टीको जोसुकैलाई प्रधानमन्त्री बनाए हुन्छ ।
तर उनीजस्ता मान्छेलाई प्रधानमन्त्री बनाउने प्रचण्ड र माधवले यो अक्षम्य पापको प्रायश्चित गर्दै तत्काल प्रधानमन्त्री नबन्ने उदघोष गर्नुपर्छ ।
३.कुनै बहानामा ओलीलाई सरकारमा राखिरहनु भनेको ७ सालको क्रान्तिपछि मोहन शमशेरलाई, ४६ सालपछि मरिचमानलाई ०६३ सालपछि तुल्सी गिरीलाई प्रधानमन्त्री मान्नु सरह हो । सिङ्गो संसदको गला रेट्न खोज्नेलाई पुन: त्यहि संसदले पदमा पुर्याउने भनेको बलत्कारीलाई पति परमेश्वर मानेर पूजा गरेजस्तै हो !
४.संसद हत्या अग्रगामी क्रान्ति हो भन्ने भातमाराहरु अब कुन मुख देखाएर संसद छिर्ने हुन् ? अनि त्यहि घाँटी रेटेर मार्न खोजिएको संसदबाट विश्वासको लिन्छु भन्ने हुन् ?
नेपालको इतिहासमा र सम्भवतः संसारकै इतिहासमा यस्ता निर्लज्जहरुलाई देशको बागडोर सुम्पने जनता कति भाग्यमानी !
५.मस्तिष्कघात भई उपचाररत नेपाली कांग्रेसका नविन्द्रराज जोशीको शीघ्र स्वास्थ्यलाभको कामना
May be an image of 1 person
Meaning of कन्फर्टेबल
प्रकाशित: १६ फाल्गुन २०७७, आईतवार ०१:३२
Comments
Loading...