No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

झण्डै दुई हजार वर्ष अघि विसुविअस ज्वालामुखीमा पुरिएको शहर भित्र चारपाङ्ग्रे रथ

  • 5
  •  
  •  
  •  
  •  
    5
    Shares

काठमाण्डाैं । झण्डै दुई हजार वर्ष अघि विसुविअस ज्वालामुखीमा पुरिएको इटलीको एक शहरको पुरातात्विक उत्खननबाट उत्सवमा प्रयोग गरिने एक चारपाङ्ग्रे रथ फेला परेको छ ।

चारपाङ्ग्रे रथमा प्रयोग गरिने तीन घोडाको अवशेष पनि सन् २०१८मा उत्खननमा फेला परेको हो ।

विज्ञहरूका अनुसार यो रथ उत्सव वा परेडमा यो रथ विशेषरूपमा प्रयोग गरिएको हुन सक्ने गरी यो राम्रो अवस्थामा सुरक्षित तवरले राखिएको अवस्थामा फेला परेको हो ।

इटलीको पोम्पेइलाई सन् ७९मा विसुविअस पहाडको ज्वालामुखीले पुरिदिएको थियो । यो शहरलाई पुरातात्विक खजानाको रूपमा मान्छि । ज्वालामुखीले यो शहरलाई खरानीको एक बाक्लो तहले पुरिदियो । यसभित्र स्थानीय बासिन्दा र भवनहरू पुरिएका थिए ।

यो उत्खननको बारेमा शनिबार सार्वजनिक गरिएको हो । यो रथमा फलाम, काँस्य र टिनका उपकरणले बनाइएको सजाइएको छ । यो क्षेत्रको उत्खनन जनवरी ७बाट शुरू भएको थियो ।

यो रथको जटिल निर्माण प्रक्रिया तथा विधिको बारेमा विशेष अध्ययन गरिदैछ ।

यो कार्यस्थलका निर्देशकले जनाए अनुसार यो रक्ष दुलहीलाई तिनको नयाँ घरपरिवारमा लैजान प्रयोग गरिन्थ्यो होला ।

अनुसन्धानकर्ताहरूका अनुसार यो उत्खननबाट प्राप्त उपलब्धि असाधारण रहेको निर्देशक मासिमो ओसानाले भनेका छन ।

इटलीका संस्कृति मन्त्री डारिओ फ्रान्सेचिनीले उत्खनन प्राप्तिले हामीलाई चकित बनाएको र २० हेक्टर क्षेत्रमा अझ उत्खनन गर्न केही वर्ष लाग्ने बताएका छन । युनेस्कोले विश्वसम्पदाको सूचीमा राखेको यो शहर नेपल्सको दक्षिण पूर्वमा यो प्राचीन शहर २३ किलोमिटर क्षेत्रमा फैलिएको छ ।

कोरोनाभाइरस अघि इटलीमा पर्यटकहरूको सर्वाधिक घुँइचो हुने स्थलको रूपमा यो स्थलको रूपमा लिइन्छ । कोरोनाभाइरसले गर्दा हाल यो क्षेत्र बन्द गरिएको छ ।

प्रकाशित: १६ फाल्गुन २०७७, आईतवार ०१:५८
Comments
Loading...