No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

प्रवासी नेपाली एकता समाज (पानस)काे संसाेधित विधान पारित

भर्चुअल मिटिङमा राप्रपा सचिवालय सदस्य निलकण्ठ काफ्लेले सक्रिय सदस्यता सम्वन्धि व्यवस्थाकाे वारेमा,केन्द्रीय कार्यसम्पादन सदस्य तथा विभागिय प्रमुख विजय खडकाले पानसकाे विधान,सक्रिय सदस्यता,प्रवासी नेपालीहरूकाे भावना समेटेर पार्टीको महाधिवेशनकाे पुर्व सन्ध्यामा विमाेचन गरिने प्रवास स्मारिकाकाे वारेमा प्रकाश पारेका थिए ।

  • 13
  •  
  •  
  •  
  •  
    13
    Shares

काठमाण्डाैं । प्रवासी नेपाली एकता समाज (पानस)काे भर्चुअल वैठकमा व्यापक छलफल पछि सवैकाे भावना समेटिएर पानसकाे संसाेधित विधान पारित भएकाे छ । विधानले अध्यक्ष , एक महिला सहित चार उपाध्यक्ष ,महासचिव ,दुई सचिव,प्रवक्ता ,सह – प्रवक्ता ,काेषाध्यक्ष,सह- काेषाध्यक्ष सहित अमेरिका,अष्ट्रेलिया ,युराेप,मध्यपुर्व,दक्षिण एसिया ,दक्षिण पुर्व एसियामा एक – एक संयाेजककाे व्यवस्था गरेकाे छ ।

साथै, सल्लाहकार परिषद र संरक्षक परिषदकाे समेत रहने व्यवस्था छ,पानसकाे केन्द्रीय सचिवालय काठमाडौमा रहने तथा कार्यसमितिमा अध्यक्ष तथा पदाधिकारीहरू दुई कार्यकाल पछि साेहि पदमा रहन नसक्ने व्यवस्था गरेकाे छ । अधिवेशन प्रत्येक दुई वर्षमा गरिने छ।

भर्चुअल मिटिङमा राप्रपा सचिवालय सदस्य निलकण्ठ काफ्लेले सक्रिय सदस्यता सम्वन्धि व्यवस्थाकाे वारेमा,केन्द्रीय कार्यसम्पादन सदस्य तथा विभागिय प्रमुख विजय खडकाले पानसकाे विधान,सक्रिय सदस्यता,प्रवासी नेपालीहरूकाे भावना समेटेर पार्टीको महाधिवेशनकाे पुर्व सन्ध्यामा विमाेचन गरिने प्रवास स्मारिकाकाे वारेमा प्रकाश पारेका थिए ।

साे कार्यक्रमलाई राप्रपा केन्द्रीय सदस्य सुरेन्द्रमान अमात्य ,शशि सिलवाल,ताेयानाथ लम्साल,प्रेम चाैलागाई,राजेन्द्र शेरचन,रूद्र राउत,रवि रावल,अजय राजवंशी ,ऋषि न्याैपाने,विजय शाही,लक्ष्मी खापुङ,ईश्वर विक्रम शाह,लगायतका वक्ताहरूले मन्तव्य राखेका थिए । राप्रपा केन्द्रीय सदस्य लाेकनाथ तिवारीले संचालन गरेकाे कार्यक्रमकाे सभापतित्व पानस आईसिसिका अध्यक्ष प्रेमकुमार श्रेष्ठले गरेका थिए।

प्रकाशित: १७ फाल्गुन २०७७, सोमबार १६:०३
Comments
Loading...