No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सरकारसँग वार्ता गर्न विप्लवद्वारा प्रकाण्डको नेतृत्वमा वार्ता टोली गठन

  • 6
  •  
  •  
  •  
  •  
    6
    Shares

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले सरकारसँग वार्ताका लागि प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा वार्ता टोली गठन गरेको छ । टोलीमा उदय चलाउने दीपक सदस्य छन् ।

सरकारले वार्ताका लागि गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा वार्ता टोली गठन गरेकै दिन महासचिव विप्लवले विज्ञप्ति जारी गरी आफूहरुको तर्फबाट पनि समिति बनेको जनाएका हुन् । नेकपामा फुट आएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लवसँग वार्ताको प्रयास थालेका थिए ।

यसअघि पनि सरकारले सांसद सोमप्रसाद पाण्डेको नेतृत्वमा भूमिगत समूहहरुसँग वार्ता गर्ने भन्दै समिति बनाएको थियो । तर, विप्लव समूहसँग स्पष्ट संवाद हुनसकेको थिएन । समूह हिंसात्मक गतिविधिमा संलग्न भएको भन्दै २८ फागुन २०७५ मा सरकारले प्रतिबन्ध लगाएको थियो ।

प्रकाशित: १८ फाल्गुन २०७७, मंगलवार १०:१३
Comments
Loading...