No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नाइजेरियाका अपहरित तीन सय बालिका मुक्त

  • 6
  •  
  •  
  •  
  •  
    6
    Shares

नाइजेरियामा गतसाता एक विद्यालयबाट अपहरण गरिएका झन्डै ३०० बालिका मुक्त भएका छन् । प्रहरीका अनुसार अज्ञात बन्दुकधारीहरूले ती बालिकाहरूलाई जाम्फारास्थित एउटा आवासीय विद्यालयबाट गत शुक्रवार अपहरण गरी नजिकैको जङ्गलमा लगेका थिए ।

सो राज्यका गभर्नरले मङ्गलवार ती बालिकाहरू मुक्त भएका र सुरक्षित रहेका बताएका हुन् । यस्ता अपहरणहरू फिरौतीका लागि गरिने र उत्तरी नाइजिरियामा बारम्बार हुने घटना भएको बताइएको छ ।

अपहरितमध्येका दर्जनौँ बालिकाहरू सरकारी भवनमा मिनिबसहरूमा ल्याइएका थिए । ‘अपहरित विद्यार्थीहरू मुक्त भएको घोषणा गर्दा म गदगद भएको छु,’ गभर्नर बेलो मातावालेले ट्विटरमा लेखेका छन् ।

अधिकारीले २७९ बालिकाहरूलाई मुक्त गरिएको बताएका छन्। प्रहरीले गत साता ३१७ जनाको अपहरण भएको भने पनि त्यो सही नभएको सरकारी अधिकारीको भनाइ छ । ती बालिकाहरू मुक्त गर्न सरकारी अधिकारी र अपहरणकारीबीच वार्ता भएको थियो। मातावालेले ती बालिकाका लागि फिरौती नतिरिएको दाबी गरे।

प्रकाशित: १८ फाल्गुन २०७७, मंगलवार १२:०२
Comments
Loading...