No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

एकताको पक्षमा नहुने नेतालाई भोट नदिनेसम्मको अवस्था सिर्जना गर्छौंः उपाध्यक्ष गौतम

  • 15
  •  
  •  
  •  
  •  
    15
    Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) उपाध्यक्ष वामदेव गौतमले प्रचण्ड–नेपाल समूह र केपी ओली समूहका दोस्रो तहका नेताहरुलाई एकताबद्ध गरी अभियान अघि बढाउने बताएका छन् ।

मीनभवनस्थित निजामती अस्पतालमा कोभिडविरुद्धको खोप लगाएपछि पत्रकारहरुसँग कुरा गर्दै उपाध्यक्ष गौतमले प्रचण्ड–नेपाल समूह र केपी शर्मा ओली समूहका दोस्रो तहका नेताहरुलाई एकताबद्ध गरी पार्टी एकताको निम्ति दबाव दिने बताए ।

एकताको पक्षमा नहुने नेताहरुलाई भोट नदिनेसम्मको अवस्था सिर्जना गर्ने उनको भनाइ छ । उनले प्रचण्ड र केपी ओली अझैपनि एकताको पक्षको नआएको बताए । आफू विभाजनउन्मुख रहेको नेकपाको कुनै पक्षमा पनि नलाग्ने तर पार्टी एकताको निम्ति आव्हान गर्ने नेताको पक्षमा उभिनसक्ने गौतमले बताए ।

प्रकाशित: २० फाल्गुन २०७७, बिहीबार १०:२३
Comments
Loading...