मुलुकको स्वाभिमान उँचो राख्न राप्रपा बलियो हुनुपर्छ:- नेता बर्तौला
अधिबेशनले दिल बहादुर बलको अध्यक्षतामा ३१ सदस्यीय राप्रपा बागमती गाउँ कार्य समिति निर्बाचित गरेको छ।
109 - 109Shares
हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी कार्य सम्पादन समितिका सदस्य राजाराम बर्तौलाले मुलुकको स्वाधिनता र स्वाभिमान उँचो राख्नको निमित्त राप्रपा बलियो हुनुपर्ने बताएका छन् ।
आज बागमती गाउँ पालिका अधिबेशनको फापरबारिमा उद्घाटन गर्दै बर्तौलाले काङ्ग्रेस र कम्युनिस्टको असफल नीति र मार्गचित्रका कारण मुलुक समस्याको चक्रब्युहमा फसेको बताए। परिबर्तनका नाममा युबाहरुलाई बिदेशी भुमिमा दाउरे र गोठाले बनाएको भन्दै बर्तौलाले अब राजसंस्थालाई पनि कुनै न कुनै रुपमा स्थान दिनुपर्ने बिचार ब्यक्त गरे ।
कार्यक्रममा बोल्दै राप्रपा मकवानपुरका अध्यक्ष रामहरी न्यौपानेले राप्रपालाई बलियो शक्ति बनाउनको निमित्त संगठन सुदृढीकरण अभियानलाई शसक्त रुपमा संचालन गर्नुपर्ने आबश्यकता औल्याए ।
कार्यक्रममा नेताहरु गुन्जन न्यौपाने,गुरु सापकोटा, सागर थापा,राजाराम अर्याल, बद्री कुँवर, दामोदर वाग्ले, शुक्र प्रजा, भृगु कार्की, मदन रानामगर लगायतले बोलेका थिए ।
अधिबेशनले दिल बहादुर बलको अध्यक्षतामा ३१ सदस्यीय राप्रपा बागमती गाउँ कार्य समिति निर्बाचित गरेको छ। समितिको उपाध्यक्षमा मदन रानामगर,शरणकाजी श्रेष्ठ ,जोसेफ राई,सचिब शेर बहादुर थोकर,कोषाध्यक्ष धनबहादुर पुलामी मगर,सहसचिब राजु सारु मगर रहेका छन् ।