No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

जर्मनीले उर्जा कम्पनीलाई २.४ अर्ब यूरो क्षतिपूर्ति दिने

  • 4
  •  
  •  
  •  
  •  
    4
    Shares

जर्मनीले ऊर्जा कम्पनीहरूलाई २.४ अर्ब युरो बराबरको क्षतिपूर्ति दिने घोषणा शुक्रबार गरेको छ । जर्मनीले सन् २०२२ सम्म आफ्ना उर्जा कम्पनीहरूमा आणविक उर्जाको प्रयोगलाई अन्त्य गर्ने कार्यक्रमबीच उक्त घोषणा गरेको हो ।

“यस प्रयोजनका लागि सरकारले उर्जा कम्पनीहरूमा आणविक प्रयोगलाई निरूत्साहन गर्न इएनबीडब्ल्यू र ईओओएन/प्रेउसेन इलेक्ट्रा, आरडब्ल्यूई र भट्टेनफालसँग सम्झौता गरेको छ,” जर्मनीको वातावरण, वित्त र अर्थव्यवस्था मन्त्रालयहरूले संयुक्त विज्ञप्ति जारी गरी जानकारी गराएका छन् ।

उर्जा उत्पादनमा प्रयोग भएको आणविक कार्यक्रमका कारण विश्वव्यापी जलवायु परिवर्तनमा प्रभाव पर्ने भन्दै नियन्त्रणका लागि संयुक्त राष्ट्रसंघले दिएको सहस्राब्दी लक्ष्य पूरा गर्न जर्मनीले अग्रसरता देखाउँदै यो कार्यक्रमको घोषणा गरेको हो ।

प्रकाशित: २१ फाल्गुन २०७७, शुक्रबार १५:४८
Comments
Loading...