No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नेपालमा थप २४ जनामा ओमिक्रोन सङ्क्रमण पुष्टि

काठमाडौं । नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्ट सङ्क्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पौष महिनामा सङ्क्रमणमध्ये सङ्कलित १,१४६ नमुनामध्ये २२ प्रतिशत अर्थात् २५० वटामा एस–जीन नेगेटिभ देखिएको र तीमध्ये २४ वटाको जीन सिक्वेन्सीङ सर्दा सबैमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ ।

ओमिक्रोनको सङ्क्रमण उच्च देखिएपछि मन्त्रालयले सबै अस्पताललाई अत्यधिक बिरामीको चापलाई मध्यनजर गर्दै तयारी अवस्थामा रहन, उपचारका लागि आवश्यक अक्सिजनलगायत सामग्री यथेष्ट जोहो गर्न र स्वास्थ्यकर्मीलाई तयार रहन निर्देशन दिएको छ।

प्रकाशित: २४ पुष २०७८, शनिबार १७:३२

Comments are closed.