No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

माओवादी अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना संक्रमण भएको छ । अध्यक्ष प्रचण्डको स्वास्थ्यमा केही असहजता देखिएपछि शुक्रबार बेलुकी परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको उनको सचिवालयले जनाएको छ ।

अध्यक्ष प्रचण्ड अहिले आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ । सचिवालयले उहाँको सम्पर्कमा रहेका सबैलाई सतर्कता अपनाउन आग्रह गरेको छ । चिकित्सककको सल्लाह अनुसार आइसोलेशनमा बस्नुपर्ने भएकोले अध्यक्ष प्रचण्डका पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रमहरु स्थगित गरिएको सचिवालयले जनाएको छ ।

प्रकाशित: २४ पुष २०७८, शनिबार १७:३३

Comments are closed.