रवी ओडको ‘तिमी काठमाण्डूको’

२४ पुष २०७८, शनिबार १७:३३

काठमाडौं । सगुन फिल्मस प्रोडक्सनको प्रस्तुति गायक रवी ओडको स्वरमा रहेको ‘तिमी काठमाण्डूको’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा राजेन्द्र त्रिपाठीको शब्द तथा बाबुल गिरीको संगीत र एरेञ्ज छ ।

भिडियोमा आकाश श्रेष्ठ, गरिमा शर्मा, मन्दीपराज घिमिरे फिचर्ड छन् । सुरज खड्काको प्रोडक्सन डिजाइन रहेको भिडियोमा रोनित विसुंखेको सम्पादन तथा कलर, मदन कश्यप घिमिरेको छायांकन तथा सुदन खड्काको कोरियोग्राफी र निर्देशन छ । बुढासुब्बा डिजिटलबाट सार्वजनिक भिडियोमा दीपकमान श्रेष्ठ प्रोडक्सन डिजाइनर तथा रोहन रम्तेल एसोसिएट कोरियोग्राफर छन् ।