No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

राष्ट्रपति र ओली मिलेर एक वर्षमा दुई-दुई चोटी संविधानमाथि आक्रमण भयोः पूर्वराष्ट्रपति यादव

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले राष्ट्रपति विद्या भण्डारी र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान नै खत्तम पार्न खोजेको आरोप लगाएका छन् ।

चन्द्रदेव जोशीद्वारा लिखित पुस्तक ‘माक्र्सवाद र विश्व कम्युनिष्ट आन्दोलन’ को शनिबार विमोचन गर्दै पूर्वराष्ट्रपति यादवले राष्ट्रपति भण्डारी र तत्कालीन प्रधानमन्त्री ओलीले मिलेर एक वर्षमा दुई दुई चोटी संविधानमाथि आक्रमण गरेर खत्तम पार्न खोजेको आरोप लगाएका हुन् ।

उनले आफैंले खडा गरेका राज्यका मुख्यमुख्य संस्थाहरुलाई पौष्टिक आहार दिएर मजदुत बनाउनुको सट्टा बारम्बार आक्रमण गरिएको भन्दै आपत्ति जनाए । पूर्वराष्ट्रपति यादवले पाँच राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवि र अदालतले संविधान जोगाएको उल्लेख गर्दै राष्ट्रपति भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवाले सबै राजनीतिक दलहरुलाई एकठाउँमा राखेर सदनमा देखिएको गतिरोध अन्त्यका लागि पहल गर्नुपर्ने बताए ।

उनले भने, ‘यो संविधानमाथि बारम्बार आक्रमण भइराखेको छ, यो चार वर्षमा । त्यसमा पनि एक वर्षदेखि २÷२ चोटी संविधानमाथि आक्रमण भएको छ । सदनमाथि आक्रमण भएको छ । प्रधानमन्त्री, राष्ट्रपतिलगायत मिलेर नै यसलाई खत्तम गर्न खोजे । राजनीति पार्टी कहाँ–कहाँ गए ? पाँच वटा पार्टी, नागरिक समाजले, बुद्धिजीविले, नेपाली जनताले, अदालतले त्यसलाई कुनै न कुनै प्रकारले बचायो । र अहिले त्यहीँ न्यायपालिकाको यस्तो स्थिति छ । सदनको त्यो स्थिति छ । राजनीतिक पार्टीले संविधान, विधान अनुसार अधिवेशनहरु गर्दै आए, त्यो सुःखद् कुरो हो । तर यो व्यवस्थालाई बचाएर हामीले नेपाललाई अगाडि लग्ने कि नलग्ने ? यहाँ राष्ट्रपतिको के कर्तव्य छ ? सरकार प्रमुखको दायित्व छ–राजनीतिक पार्टीहरुलाई एक ठाउँमा राखेर छलफल गरेर कसरी अदालत चलाउने ? प्रतिनिधिसभा राष्ट्रको सम्पूर्ण समस्याको समाधान गर्ने थलो हो । त्यसलाई बन्धक बनाएर राखिएको छ । त्यसका लागि राष्ट्रपतिको कर्तव्य के हो ?’

यादवले राष्ट्रको सम्पूर्ण समस्या समाधान गर्ने धलो संसद भएको उल्लेख गर्दै त्यसलाई बन्धक बनाउने काम गरेको भन्दै एमालेप्रति असन्तुष्टि जनाए ।

 

प्रकाशित: २४ पुष २०७८, शनिबार १७:३४

Comments are closed.