No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नागरिक अभिनन्दनका लागि सबै जनसमुदायमा धन्यवादः पूर्व युवराज पारस शाह

  • 44
  •  
  •  
  •  
  •  
    44
    Shares

काठमाण्डाैं । पूर्व युवराज पारश शाहले अाफ्नाे सम्मानमा नागरिक अभिनन्दन गर्ने सबै जनसमुदाय, अायाेजक तथा सहभागिहरूलाइ धन्यवाद दिनु भएकाे छ । शाही शक्ति नेपालका संस्थापक तथा संरक्षक मुनिन्द्र राजभण्डारी मार्फत पूर्व युवराज शाहले धन्यवाद व्यक्त गर्नु भएकाे हाे । यही चैत १८ गते पूर्व युवराज पारश शाहकाे सप्तरीमा भव्य नागरिक अभिनन्दन भएकाे थियाे । मेराे सम्मानमा राताे कार्पेन नबिच्छयाउनु, मेराे देशकाे माटाे नै पवित्र छ भन्दै पूर्व युवराज शाहले तडकभडकबिहीन समाराेह अायाेजनाका लागि निर्देशन दिनु भएकाे थियाे । युवराज शाहकाे याे भनाइ निकै चर्चित भैरहेकाे छ ।

यसबारेमा थप जानकारी दिदै सचित्र शाही शक्ती नेपालका संरक्षक तथा संस्थापक मुनिन्द्र राजभण्डारी लेख्नुहुन्छः

आज श्री ५ युवराजधिराज सरकारको सप्तरी जिल्लाको भ्रमणका आयोजक श्री राम हनुमान भजन मंडलीका संरक्षक श्री किशोरी महतो ज्यु लगायत सम्पुर्ण शाही शक्ति नेपालका युवाहरुलाई श्री ५ युवराज सरकारबाट धन्यवाद बक्सेको छ। साथै जगत गुरु श्री श्री १००८ सुर्यचार्य महाराज, गुरु श्री निवासको उपस्तिथिले भ्रमणलाई धेरै नै सफल बनाएको हुनाले जगत गुरु र श्री निवास गुरु प्रति हामी आभार व्यक्त गर्द्छौ। मधेसको चर्को गर्मीको बादजुद पनि धैर्यका साथ पर्खेर श्री ५ युबराजधिराज सरकारको भ्रमण सफल बनाउन उपस्थित हुनु भएका सम्पुर्ण सप्तरी जिल्ला तथा नजिकबाट आहुन भएका सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु लाई शाही शक्ति नेपाल आभार व्यक्त गर्द्छौ। प्रतिकुल मौसमको कारणले श्री ५ युबराजधिराज सरकारको भ्रमणको लागि सेवा प्रदान गर्ने डाइनास्टी एअरको सेवा छोट्याउन पर्ने प्राबिधिक कारणले गर्दा सबै स्थानहरुमा पुग्न असमर्थ भएकोमा हामी सम्पुर्ण सप्तरी जिल्लाबासी सङ प्रतिकुल मौसमको अबस्था बुझीदिन अनुरोध गर्द्छौ। आजका चालक प्रजल के सि लाई प्रतिकुल मौसमको बादजुद पनि सहकुशल उडान भरी भ्रमण सफल बनाउन महत्त्वपूर्ण भुमिका निभाउनु भएकोमा विशेष धन्यवाद सहित कृतज्ञता प्रकट गर्द्छौ।
श्री ५ युबराजधिराजको सप्तरी भ्रमणको केही झलकहरु:-
प्रकाशित: २१ चैत्र २०७७, शनिबार ०१:३७
Comments
Loading...