No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नेकपा एमालेलाई फुटबाट जोगाउन राष्ट्रपतिको सक्रियता

  • 3
  •  
  •  
  •  
  •  
    3
    Shares

काठमाडौं । नेपाल एमाले फुटको संघारमा पुगेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी फुटबाट जोगाउन सक्रियता देखाएकी छन् । राष्ट्रपति हुनुअघि पार्टी उपाध्यक्ष रहेकी भण्डारीले पार्टी फुटबाट जोगाउन सक्रियता देखाएकी हुन् ।

यसैक्रममा राष्ट्रपति भण्डारीले शनिबार नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालसँग भेट गरेकी छन् । खनालसँगको भेटमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमाले पार्टी र आन्दोलन एकभएर अघि बढोस् भन्ने चाहना व्यक्त गरेकी छन् ।

शनिबार नेकपा एमालेका वरिष्ठ नेता खनाललाई डल्लूस्थित निवासमा भेट्न पुगेकी राष्ट्रपति भण्डारीले पार्टी र आन्दोलन एक भएर जाओस् भन्ने चाहना व्यक्त गरेकी हुन् । पार्टी बलियो नभई लोकतन्त्र बलियो नहुने भन्दै लोकतन्त्र सुदृढ हुनुपर्ने राष्ट्रपतिको भनाई रहेको खनालले बताए । वरिष्ठ नेता खनालले राष्ट्रपति र आफूबीच विगत र वर्तमानका विविध विषयमा कुराकानी भएको जानकारी दिए ।

भेटमा राष्ट्रपतिले खनालको स्वास्थ्यकाबारेमा चासो राखेकी थिइन् । उनले आफ्नो स्वास्थ्य ठीक रहेको र बाहिर प्रचार गरिए जस्तो केही नभएको बताए । राष्ट्रपति भण्डारीले खनाल निवासमा करिव एकघण्टा विताएकी थिइन् ।

 

प्रकाशित: २१ चैत्र २०७७, शनिबार १२:४९
Comments
Loading...