No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

बाङ्ग्लादेशमा आगामी साता फेरि देशव्यापी लकडाउन

  • 5
  •  
  •  
  •  
  •  
    5
    Shares

बाङ्ग्लादेशमा बढ्दो कोभिड सङ्क्रमण रोक्ने उद्देश्यका साथ आउँदो सोमबारदेखि एक साता लामो देशव्यापी लकडाउन गरिने भएको छ । त्यस अवधिमा सबै कार्यालय तथा अदालतहरू बन्द रहनेछन् ।

तर प्रवासी मजदूरहरूको आफ्नो गाउँघरतर्फको आवतजावत रोक्न औद्योगिक गतिविधिहरू जारी राखिनेछन् । गतवर्ष पनि कोभिडका कारण बाङ्ग्लादेशमा करिब तीन महिना लकडाउन गरिएको थियो ।

शुक्रवार बाङ्ग्लादेशमा एकैदिन ६,८०० मानिसहरूमा कोभिड–१९ सङ्क्रमण भएको पाइएको छ । सो सङ्ख्या महामारी सुरु भएयताकै सर्वाधिक दैनिक सङ्ख्या हो। यो वृद्धिले खासगरी राजधानी ढाकाका अस्पतालहरू चर्को दबाबमा परेका छन् ।

बाङ्ग्लादेशमा कोभिडका कारण नौ हजारभन्दा धेरै मानिसको ज्यान गइसकेको छ। छिमेकी भारतमा पनि लगातार तेज गतिमा कोभिड सङ्क्रमण फैलिरहेको छ । सङ्क्रमण फेरि बढ्न थालेको केही साताभित्रै त्यहाँ एकैदिन झन्डै ९० हजार सङ्क्रमित भएका छन् ।

हालसम्म भारतमा कोभिडका कारण एक करोड २३ लाख मानिस सङ्क्रमित भइसकेका छन् भने एक लाख ६४ हजारभन्दा धेरैको ज्यान गइसकेको छ । त्यहाँ हाल सबभन्दा धेरै सङ्क्रमण महाराष्ट्र राज्यमा देखापरेको छ । सो राज्यका मुख्यमन्त्रीले सङ्क्रमण नघटेमा लकडाउन लगाउने सम्भावन अस्वीकार गर्न नसकिने चेतावनी दिएका छन् ।

 

प्रकाशित: २१ चैत्र २०७७, शनिबार १३:१७
Comments
Loading...