No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सहारालाई हराउँदै एपीएफ आहा रारा गोल्डकपको सेमिफाइनलमा

  • 6
  •  
  •  
  •  
  •  
    6
    Shares

पोखरा । विभागीय टोली एपिएफले आयोजक सहारा क्लबमाथि एक शून्यको जित निकाल्दै पोखरामा सम्पन्न १९औं आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

पोखरा रंगशालामा शनिबार भएको खेलमा एपीएफले खेल सकिन तीन मिनेट बाँकी छँदा आशिष लामाको गोलबाट अग्रता लिँदै शनिबारदेखि सुरु भएको प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

पहिलो जितसँगै विभागीय टोली एपीएफले आयोजकलाई स्तब्ध बनाउँदै सेमीफाइनलमा स्थान बनाएको छ । दुई वर्ष अघि पनि सहारालाई उद्घाटन खेलमै पराजित गरेर अघि बढेको एपीएफले फेरि एकपटक सहारालाई स्तब्ध बनाउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।

निकै रोमाञ्चक बनेको खेलमा आयोजक सहारा र एपीएफले गोलरहित बराबरी खेलेका थिए । ८७ औं मिनेटमा आशिष लामाको निर्णायक गोलमा एपीएफले सहारालाई एक शून्यले पराजित गर्दै जित आत्मसाथ गर्न सफल भएको हो । प्रतिस्पर्धात्मक बनेको खेलमा प्रदीप लामाले डिबक्सभित्र अवसर दिएको बललाई आशिष लामाले जाली चुमाउन सफल भएका थिए । अन्तिम चारमा स्थान बनाएको एपिएफल अब सेमिफाइनलमा मनाङ र संकटाबीचको विजयी टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगितामा आइतबार मच्छिन्द्र क्लब र अफ्रिकन युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ । सहारा क्लबले गोल्डकपको उद्घाटन समारोहमा नेपाली राष्ट्रिय फुटबल टिमका सदस्य अभिषेक रिजाललाई सर्वोत्कृष्ठ खेलाडीबाट सम्मान पनि ग¥यो । रिजाललाई नगद ३५ हजारसहित सम्मान गरिएको हो ।

प्रकाशित: २१ चैत्र २०७७, शनिबार १४:१२
Comments
Loading...