No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

एपीएफमाथि पुलिसको रोमाञ्चक जित

  • 4
  •  
  •  
  •  
  •  
    4
    Shares

काठमाडौं । दुई सेटले पछि परेको स्थितिलाई उल्टाउँदै नेपाल पुलिस क्लबले शनिबार आरबीबी महिला राष्ट्रिय भलिबल च्याम्पियनसिपमा विभागीय प्रतिद्वन्द्वी एपीएफमाथि रोमाञ्चक जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको खेलमा पुलिसले एपीएफलाई ३–२ को सेटमा हराएको हो । सुरुवाती दुई सेटमा २५–२० र ३०–२८ को जित निकालेको एपिएफले त्यसपछिका तीनवटै सेट गुमाएको थियो । तेस्रो सेटमा २३–२५ को प्रतिस्पर्धात्मक जित निकालेको पुलिसले चौथो सेटमा २५–१९ को सहज जित निकालेको थियो ।

निर्णायक सेटमा २५–११ ले आफ्नो पक्षमा पार्दै पुलिसले एपिएफमाथि रोमाञ्चक जित निकलेको हो । यससँगै पुलिसले लिगमा लगातार दोस्रो जित निकालेको छ । २ खेलबाट पुलिसको अंकतालिकामा ५ अंक भएको छ । पुलिस लिगको तेस्रो स्थानमा रहेको छ । उता नतिजा सुम्पिएको एपीएफको यो पहिलो हार हो । एपीएफले २ खेलमा ४ अंक जोडेको छ ।

प्रतियोगिता अन्तर्गत शनिबारकै अर्को खेलमा न्यु डायमण्ड स्पोट्र्स क्लबले भरतपुर मेट्रो खेलकुद परिषदलाई ३–० को सेटमा पराजित गर्दैे जारी लिगमा दोस्रो जित निकालेको छ । भरतपुरमाथि न्यु डायमण्डले २५–१२, २५–७ र २५–१७ को सेटमा जित निकालेको हो । यस जितसँगै न्यु डायमण्ड महिलातर्फ लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

न्यु डायमण्डले ३ खेलमा ७ अंक जोडेको छ । पराजित भरतपुरको यो लगातार दोस्रो हार हो । शनिबार नै भएको पहिलो खेलमा आर्मीले ढोरपाटनलाई पनि ३–० को सोझो सेटमा स्तब्ध बनायो । सुखद नतिजा निकालेको आर्मीले २ खेलमा ५ अंक जोडेको छ । उता पराजित ढोरपाटनको यो लगातार तेस्रो हार हो ।

यस्तै पुरुष तर्फको खेलमा विभागीय टोली एपिएफले सामाजिक युवा क्लबमाथि ३–० को सहज जित निकाल्यो । एपीएफले २५–१२, २५–१६ र २५–१६ को सहज जित निकालेको हो ।

प्रकाशित: २१ चैत्र २०७७, शनिबार १५:१५
Comments
Loading...