No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

संसदबाटै राजनीतिक संकटको समाधान खोज्नुपर्छः अध्यक्ष लोहनी

  • 35
  •  
  •  
  •  
  •  
    35
    Shares

नुवाकोट । राप्रपा अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले वर्तमान राजनीतिक संकटको समाधान संसद मात्र रहेको बताएका छन् । शनिबार नुवाकोटको लिखु गाउँपालिकामा राप्रपाको भेलालाई सम्कोधन गर्दै अध्यक्ष लोहनीले प्रधानमन्त्री केपी ओलीले संसदलाई विश्वासमा लिएर अगाडि वढ्नुपर्नेमा उल्टो संसदलाई सरकारले विजनेस नदिएर लङ्गडो बनाएको बताएका हुन् ।

उनले प्रधानमन्त्रीले वर्तमान अवस्थामा नेतृत्व क्षमता देखाउनु पर्नेमा उल्टो प्रधानमन्त्री व्यक्तिगत रिसिइबी साँध्ने काममा लागेको बताए । उनले सरकारको काम गराइ र भनाइमा विल्कुलै तादम्यता नमिलेको कारण वितेका तीन वर्षमा नेपाली जनता निरास भएका बताए ।

५ वर्षको लागि गठन भएको स्थिर सरकारले राजनीतिलाई थप अस्थिरतातर्फ धकेलेको भन्दै उनले यस्तै अवस्था भइरहे मुलुक डरलाग्दो भडखालोमा जान सक्ने बताए । आर्थिक क्षेत्र सन्तोषजनक नहुनु,राजनीति अस्थिर हुनु, सरकारलाई विदेशी दातृ राष्ट्रहरुले नपत्याउनु राम्रो संकेत नरहेको उनले बताए ।

आफ्नो घरझगडाको कारण नेकपा एमालेले मुलुकमा नाटक मन्चन गरिरहेकोप्रति कटाक्ष गर्दै उनले जनताको जिविकाको सवालमा चिन्ता र चासो लिनुको साटो सरकार आफ्ना विरोधीलाई तह लगाउनेमा मात्र केन्द्रित रहेको बताए ।

प्रकाशित: २१ चैत्र २०७७, शनिबार १७:१५
Comments
Loading...