No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

राजाबादी आन्दोलनमा नेतृत्व गरेका ब्यक्तिहरुलाई अहिलेदेखि नै पहिचान गरिनु जरुरी छ

  • 9
  •  
  •  
  •  
  •  
    9
    Shares
मुनिन्द्र राजभण्डारी ।
१.चोर पापी फटाहहरुले राजा फर्केला र मन्त्री, प्रधानमन्त्री बनेर फेरि यो देश र जनता लुटेर यश आराम र बिलासी जीवन बिताउला भनेर र्याल काटेर नबस्नु होला। पुनःस्थापन गरिएको राज संस्था संस्थागत गरेर नेपाली जनताहरुले राज संस्था माथि राखेको आस्था र बिश्वास लाई सम्बोधन गर्न सकिएन भने देश र राज संस्था नै चरम संकटमा परी सिक्किम बन्ने छ। अहिले राजाबादी आन्दोलनमा नेतृत्व गरेका ब्यक्तिहरु लाई अहिले देखि नै पहिचान गरिनु जरुरी छ।
२.अहिले स्वफुर्त सडकमा आएका युवाहरू कुनै राज संस्थाका संघ संगठनका निजि पेवा होइनन्। सबै राज संस्था र राजाको लागि आफ्नो खुशीले स्वतन्त्र रूपमा मन वचन र कर्मले आएका हुन। कुनै नेतृत्वहरुले यी युवाहरूलाई डर त्रास धम्की दिने कार्य स्वत उनीहरुको नागरिक र राजनैतिक अधिकार हनन हो।
हामी शाही शक्ति नेपाल र शाही नेपाल आर टि एफ का सबै युवाहरूलाई राज संस्थाको लागी जता गए पनि स्वीकृत प्रदान गरेका छौ। कुनै युवाहरूलाई डर त्रास धम्की दिने कार्यहरू लाई शाही शक्ति नेपाल र शाही शक्ति नेपाल आर टि एफ ले तेस्ता चुनौतीहरुको सामना गरि सुरक्षा प्रदान गर्ने कटिबद्ध छौ।
आफ्नो युवा कार्यकर्ताहरु आफू सङ राख्न नसक्नु यी युवाहरूको दोष नभई नेतृत्व कै कमजोरी हुन आहुन्छ। अचेलका युवाहरू झोले कार्यकर्ता बन्न तयार छैनन् र यो नेतृत्वले राम्रो बुज्नु पर्यो। केही राजाबादी नेतृत्वले यी युवाहरूलाई आफुले भने अनुसार नहिडे ज्यान मार्ने धम्की दिइएको भन्ने गुनासो आएको हुनाले उक्त धम्कीहरु लाई प्रमाण भए नेपाल प्रहरीमा किटानी जाहेरी दिई नेपालको कानुन अनुसार कामकारबाही पनि हुने छ। अदालत जान परे यि युवाहरु को सम्पुर्ण खर्च बेहोर्न शाही शक्ति नेपाल तयार छ।
३.सबै राजाबादी अध्यक्ष र संयोजकहरु मन्त्री प्रधानमन्त्री बन्छु भनेर सपना देखेर र्याल काटेर बस्नेहरुलाई स्पष्ट सन्देश के छ भने राज संस्था फर्के ता पनि राजाको भागमा ४/५ जना भन्दा बढी मन्त्री बन्दैनन। प्रधानमन्त्री पनि राजाको नहुन सक्छ। राजा सहितको राष्ट्रिय सहमतिको सरकार बन्छ। यस्तो राष्ट्रिय सहमतिको सरकारमा सबै राजनैतिक दलहरु, नागरिक समाज र अन्यहरु लाई पनि समेटेर लग्नु पर्ने हुन्छ। त्यही भएर आकाशको फल आँखा तरि मर नहोस।
May be an image of Munindra Rajbhandari and standing
प्रकाशित: २३ चैत्र २०७७, सोमबार ०७:४७
Comments
Loading...