4 - 4Shares
लोकप्रिय गायिका अन्जु पन्तको सुमधुर स्वरमा नयाँ गीत ’काँडा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतकार बिन्दु प्रसाद अधिकारीको शब्द तथा सुप्रशिद्ध संगीतकार नागेन्द्र श्रेष्ठको संगीत रहेको गीत ’काँडा’ को म्युजिक भिडियो अहिले चर्चामा रहेको छ ।
प्रवासमा बसेर डिजिटल प्रबिधि माध्यममार्फत म्युजिक भिडियो निर्देशन गर्न खप्पिस भिडियो निर्देशक हिराकाजी थापाको निर्देशन रहेको म्युजिक भिडियोलाइ गौरब गिरीले कोरियोग्राफी गरेका छन्। त्यसैगरी भिडियोलाई दीपक गिरीले छायांकन गरेका छन् भने श्याम कुँवरको सम्पादन रहेको छ ।
भिडियोमा भद्रजंग कुँवर, समीक्षा बस्नेत, संगम पाण्डे र आरती आले मगरलाई फिचर्ड गरिएको छ। निर्माता समेत रहेका हिराकाजी थापाले भिडियो निर्माण गरेका हुन्।