No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

“मायाँ” भन्ने शब्द नै बैगुनी ‌‍

  • 28
  •  
  •  
  •  
  •  
    28
    Shares

“मायाँ” भन्ने शब्द नै बैगुनी ‌‍

बनावटी मायाँ भन्दा,
गुप चुप कै मायाँ धेरै जाति!
मायाँ भन्ने शब्द नै पो
खराब हो कि साथी ?
——————-
अन्ध भक्त मायाँ भन्दा
नदेखाउने मायाँ जाति,
वात्सल्य प्रेम पनि
धेरै हुँदा विष बन्छ है साथी !
——————–
धेरै मायाँ गर्ने भन्दा
सन्तुलन मायाँ जाति,
अन्धो भक्त मायाँ भन्दा
सन्तुलन छायाँ ठिक साथी !
——————–
आफ्नो साथ आफै हो भन्दा,
नबुझिएला है भाई साथी !
सन्तुलन कायम राख्नेसँग
जोड्ने गरौ जिन्दगीको साथी ।
———————–
भावनामा हौसिने भन्दा ,
सन्तुलन मै हुन्छ भाव जति !
मनको भाव खल्बल्याउने भन्दा
कठोर सत्रु नै बेश हुन्छ साथी ।
———————–
भावनामा बहकिने जीवन भन्दा ,
सन्तुलन मिलाउने हुन्छ जाति !
अति सुन्दर मायाँ गर्ने सँग भन्दा ,
फरक परिवेशसँग सन्तुलन रोजौ साथी ।।
————————–
वात्सल्य प्रेम बिष बन्छ,
सीमा धेरै पार गरे पछि !
बिष भन्दा खराब हुँने गर्छ ,
मानसिक सन्तुलन भाँचिए पछि ।।
————————-
मानसिक अबस्था खल्बल्याउने भन्दा
कठोर सत्रु नै असल मित्र हुन्छ साथी!
बिष भन्दा पनि खराब हुँने गर्छ
मायाँमा सन्तुलन भाँचिए पछि ।।
——————-
बनावटी मायाँ भन्दा,
गुपचुपकै मायाँ धेरै जाति,
मायाँ भन्ने शब्द नै पो
खराब हो कि साथी ? /2/
——————–
ठाकुर पोखरेल
काठमाडौं ३२, कोटेश्वर

प्रकाशित: २४ चैत्र २०७७, मंगलवार १६:५०
Comments
Loading...