No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

टिक्ने छैनन् समानान्तर कमिटी

  • 4
  •  
  •  
  •  
  •  
    4
    Shares

ऋषि कट्टेल ।

अचेल राजनीतिक बजारमा समानान्तर समितिवारे निकै चर्चा छ । खासगरि झलनाथ माकुने समूहले यो अभियान चलाइरहेको देखिन्छ । १२ वर्षपछि खोलो पनि फर्कन्छ भन्थे होकी क्याहो भन्नुपर्ने । कुरो आफ्नै अनुभवको हो । २०४९ को पाँचौँ माहाधिवेशनपछिको ।
पाँचौं माहाधिवेशनले जनताको वहुदलीय जनवाद नाम गरेको पूँजीवादमा आत्मसमर्पण गरेको कार्यक्रम पास गर्यो । हामी नयाँ जनवादी पक्षहरु हार्यौं । अनि समीक्षा गर्न गर्न सीपी, जेएन ,अशोक ,म, लगायत केही साथीहरु गोप्य वैठक बस्यौं । त्यहाँ तीनवटा विचारहरु आए । पहिलो विसर्जनवाद विरुद्ध विद्रोह गर्ने, दोस्रो समानान्तर समितिहरु वनाएर अन्तरपार्टी संघर्ष गर्ने र तेस्रो पार्टी पद्धतिअनुसार पार्टीमै संघर्ष गर्ने । छलफलपछि दोस्रो विकल्पमा जाने कुरामा वहुमत भयो । तर जेएन मानेनन् । उनी पार्टी समितिमै संघर्ष गर्ने पक्षमा थिए । अरुले उनको कुरा नमानेपछि उनी उठेर हिँडे । हामी बाँकी बसेकाहरुले समानान्तर समिति वनाउने निधो गर्यौं । कामको सुरुवात हुँदै थियो मदन भण्डारी मरे । केही समय सबै काम थाति रहे ।

त्यो बेला हामीसँग स्पष्ट वैचारिक मत भिन्नता थियो । नयाँ जनवाद वा वहुदलीय जनवाद । ०५१ मा सरकार वन्यो । मन्त्रिमण्डलमा पनि हाम्रो पक्षको अंश थियो । सीपीको दुईवटा मन्त्रालय थिए । आफ्नो गाउँ आफैं वनाउँमार्फत हामीले देशभर हाम्रो सञ्जाल खडा गर्न प्रयास गर्यौं । आपूर्ति मन्त्रलयलाइ पनि हाम्रो समूहको हितमा लगायौं । अशोकजीले भने योजनाअनुसार काम गरेनन् । सीपीलाई योजानकारी भएपछि मन्त्रीवाट नै वर्खास्त गरियो । आफनो गाउँ आफैं बनाउ राष्ट्रिय अभियान समितिहरु खारेज गरिए । आपूर्ति मन्त्रालयका सबै संरचनाहरु भंग गरिए । वर्खास्त र भंग गर्ने पात्र थिए माधव कुमार नेपाल ।

त्यसपछि हामी अझै संगठित हुन कोशिस गर्यौं । देशभरका समानान्तर समितिका नेताहरुको भेला गर्यौं । त्यसको संचालन म स्वयंले गरेको थिएँ । भेलाले पनि समानान्तर समितिहरुलाई विस्तार गर्दै अझै गतिशिल बन्ने निधो गर्यो । तर भेलामा नुवाकोट तिरको एकजना मजदुर नेतालाई नयाँजनवादी पक्षधर बनाएर भेलामा घुसपैठ गराइएको रहेछ । उनले भेलाको सबैकुरा रेकर्ड गरेर पेश गरेछन् । त्यसपछि म लगायत केही कमरेडहरुलाई २४ घण्टे प्रष्टिकरण संगठन विभागवाट सोधियो । मैले तत्कालै भेला गरेको र त्यो बेला गर्ने न्यायोचित अधिकार हामी पार्टीवाट अन्याय गरिएकाहरुको रहेको र सके कार्वाही गर्न चुनौति दिएँ । अध्यक्ष मनमोहनको हस्तक्षेपपछि माकुनेहरु पछि हटे ।

तर हाम्रो यो अभियान धेरै चलन सकेन । सत्ताले अनेकन प्रलोभन र धम्की दिँदै हामीलाई कमजोर वनाउने अभियाननै चलायो । कतिपय अवसरवादीहरुले धोका दिन थाले । सवैभन्दा प्रमुख धोखेवाज थिए घनश्याम भुषाल । रुपन्देहीमा उमेदवारीको लागि उनले माकुनेलाई सवै पोल लगाए भन्ने चर्चा निकै थियो त्यसवेला । यसरी हामी क्रमशः आफूलाई रक्षागर्न समेत नसक्ने अवस्थामा पुग्न लागिसकेका थियौं ।
संयोग कस्तो परिगयो भने त्यही वेला राष्ट्रघाती महाकाली सन्धीको कुराले जवज पन्थीहरुमा पनि विभाजन आयो । जवजका देशभक्तहरु र हामी नयाँ जनवादका पक्षधरहरुका बीच राष्ट्रघाती महाकाली सन्धीकोविरुद्ध मिलेर संघर्ष गर्ने सहमति वन्यो । जसले गर्दा हाम्रो समानान्तर समितिहरुलाई पनि अलिकति राहत मिल्यो ।

२०५४को छैठौं महाधिवेशनमा राष्ट्रघाती माहाकली सन्धी, सम्राज्यवाद र सामन्तवादका विषयमा जवज पन्थीहरुबीचनै मतभेद भयो । हामी नयाँ जनवादका पक्षधरहरु आफ्नो एजेण्डामा छँदै थियौ । महाधिवेशन पछि माकुने गुटले सुरुमा १० जनालाई पार्टीवाट निस्कासन गरेपछि पार्टी विधिवत फुटयो । जव नीतिगत परिर्तन अर्थात् जवजलाई मिल्काएर नयाँ जनवाद स्थापित गर्ने संघर्ष सुरुभयो वामदेवहरु जवजवालाहरु सँगै आत्मसमर्पण गर्न पुगे । हामी त्यसवेलाका बाँकी तीनजना केन्द्रीय नेताहरु सीपी, म र जीतवीर बाहेक सबैले आत्मसमर्पण गरे ।

आज फेरि त्यही एमाले भित्र माकुने ,जेएन भुषाल गुट पार्टीमा समानान्तर समितिको अभ्यास गरिरहेको देखिन्छ । वैचारिक भिन्नता केहो ? यो पद प्रतिष्ठा र स्वार्थले प्रेरित विचार विहीन झगडाले समानान्तर समितिहरु टिक्दैनन् । जसरी वामदेव भुषालहरु टिकेनन् । उनीहरुले तपाइँ इमान्दार कार्यकर्ताहरुलाई भर्याङ बनाएर आफ्नो दुनो सोझ्याउने छन् । हो एमाले भित्र रहेका क्रान्तिकारी विचार वोक्नेहरुले विद्रोह गर्ने यो उपयुक्त अवसर हो । तर त्यो विद्रोह संसदवादको फोहरमा डुवेर जवज नामको पूँजीवादमा आत्मसपर्णण गरेको कार्यक्रम वोकेर हुन सक्दैन । जसरी हिजो बी माले टिकेन त्यसैगरी आज माकुने माले पनि टिक्ने छैन । बेलैमा चेतना भया ।

प्रकाशित: २५ चैत्र २०७७, बुधबार ०५:२४
Comments
Loading...