No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

कोरोना नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयले जारी गर्यो १० बुँदे सुझाव

  • 8
  •  
  •  
  •  
  •  
    8
    Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रात्रिकालीन व्यवसाय राति ९ बजेपछि बन्द गर्न/गराउन आग्रह गरेको छ । देशभर कोरोना संक्रमणको जोखिम बढेको भन्दै मन्त्रालयले राति ९ बजेपछि रात्रिकालीन व्यवसाय बन्द गराउन अनुरोध गरेको हो ।

मन्त्रालयले बुधबार १० बुँदे सूचना जारी गर्दै रात्रिकालीन व्यवसायहरू रेष्टुरेष्ट, होटल लगायत बन्द गर्न भनेको हो । त्यस्तै, मन्त्रालयले ठूला सहरमा ५ सय भन्दा बढी र साना सहरमा १ सयभन्दा बढी सक्रिय सङ्क्रमित देखिएको खण्डमा आवागमनमा कडाइ गर्न समेत आग्रह गरेको छ । घरबाहिर जाँदा अनिवार्यरूपमा मास्कको प्रयोग गर्न मन्त्रालयले आग्रह गरेको छ ।

प्रकाशित: २५ चैत्र २०७७, बुधबार १२:५५
Comments
Loading...