No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

कम्युनिष्ट एकता र दलहरुबीच समझदारी आवश्यकः प्रचण्ड

  • 2
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकतान्त्रिक प्रणाली बचाउन राजनीतिक दलहरूबीच समझदारी हुनुपर्ने बताएका छन् । बुधबार सल्यानको सल्लीबजारमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कम्युनिस्ट पार्टीहरुबीच एकता र अन्य दलहरुबीच समझदारी गर्नुपर्ने बताएका हुन् ।

आफूले एमालेसँग गरेको एकता गलत नभएको भन्दै अध्यक्ष प्रचण्डले अदालतको फैसलाका कारण अलग हुनु परेको बताए । उनले अबपनि आफूले कम्युनिष्ट एकताको लागि पहल गरिरहेको बताए । उनले आफूलाई राष्ट्रवादी भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशी शक्तिसामू आत्मसमर्पण गरेको बताए ।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले आफूलाई सबैभन्दा बढी राष्ट्रवादी भएको भन्ने गरेपनि विदेशीसामू आत्मसमर्पण गरेको बताएका हुन् । उनले भने, ‘दोस्रो विश्व युद्धमा २ करोड मान्छे मरेपछि हिटलरको अन्त्य भयो । यस्ता घटना अन्त त हुन्थे’, तर अहिले नेपालमा हाम्रै अगाडि केपी ओली नामको व्यक्तिद्वारा संविधान मिचिदिने, किचिदिने, जनताको विकास निर्माण र सम्मृद्धिको सपना कुल्चिदिने र विदेशी शक्तिका सामू आत्मसमर्पण गर्ने घटना घट्यो।’

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले सबैले हस्ताक्षर गरेर जारी गरेको संविधान च्यात्ने काम गरेको आरोप लगाए । उनले केपी ओलीको कदमविरुद्ध लड्न विगतमा एमाले र माओवादी अलग–अलग नभएको बताए । झलनाथ खनाल, माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डेलगायतका नेता पनि प्रतिनिधिसभाको विघटनविरुद्ध सडकमा उत्रिएका उनले बताए ।

जनताको विशाल आन्दोलन देखेपछि सर्वोच्चले प्रतिनिधिसभा विघटनको निर्णय बदर गरेर सही फैसला गरेले बताए । त्यसपछि नेकपाले ओलीलाई अध्यक्ष, दलको नेता र पार्टी सदस्यबाट हटाइएको बताए । अदालतको फैसलाले गर्दा पूर्ववत् रूपमा फर्किनुपरेको उनको भनाइ थियो ।

प्रकाशित: २५ चैत्र २०७७, बुधबार १३:३०
Comments
Loading...