No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

आहा रारा गोल्डकपमा एपीएफलाई हराउँदै संकटा फाइनलमा

  • 2
  •  
  •  
  •  
  •  
    2
    Shares

पोखरा । ‘आहा रारा गोल्डकप’ फुटबलमा संकटा क्लबले एपीएफ क्लबलाई २–० ले पराजित गरेको छ । बुधबार पोखरामा रंगशालामा भएको क्वाटरफाइनलमा मनाङ मस्र्याङ्दीलाई १–० गोल अन्तरले पराजित गर्दै एपीएफलाई पराजित गरी फाइनल प्रवेश गरेको हो ।

प्रतियोगितामा संकटाका लागि ३३ औं मिनेटमा सुवास गुरुङले गरेको गोलसँगै पहिलो हाफमा १–० को अग्रता लिएको संकटाका लागि खेलको अन्तिम मिनेटमा ग्लोरीले दोस्रो गोल गरेका थिए ।

प्रतियोगितामा स्वदेशी र विदेशी गरी कुल ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैयाँ हात पार्नेछ । यस्तै उपविजेता टिमले नगद ५ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रकाशित: २५ चैत्र २०७७, बुधबार १६:२१
Comments
Loading...