No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

मधेशवादी दल अब पनि गुल्टिए भने उँभो लाग्न मुस्किल पर्नेछ

  • 69
  •  
  •  
  •  
  •  
    69
    Shares

भीम उपाध्याय ।
मधेशवादी नेताहरू र दलहरूले आफ्नो अस्तित्व राख्न र देशको जिम्मा लिन सक्ने नेतृत्व क्षमता कहिले आर्जन गर्ने होलान् ? कि अरूसँग अधिकार मागेरै अरूले खुवाईदिने लक्षका लागि काम गर्दै आएका हुन् ? कामरेड ओलीले अध्यादेशको एउटा झटारो फाले पछि कुईकुई गर्दै समाजवादी र जनता पार्टी एकिकरण भएर जसपा बनेको हो । अहिले सत्ताको टुक्रा देखिएपछि अहिले एकिकरण भालुको कन्पारो भईसकेको छ । मधेशवादी नेताहरू एकले अर्कोलाई सहन्नन्, आफू मात्र अघि लाग्न खोज्छन् । यसरी सधैँ ससाना स्वार्थमा पनि तिन बल्ड्याङ् खान खोजेपछि मधेशी जनता सधैँ अल्मलिनु बाहेक अरू के लाभ होला र ! हुन त मधेशी जनतालाई सधैँ अल्मलाउनु पनि कम्ताको लाभदायी कर्म हुँदैन ! स्टेट्सम्यानसीप खै ?

म त प्रष्ट भन्छु– जसपाले नै नेतृत्व गरेर सरकार बनाओस्, त्यो राष्ट्रिय ल्याकत र नेतृत्व क्षमता प्रदर्शित गरोस् । कसैको खटनमा काम गरेर लुकाउने तिगडम नगरोस्, जनताले सबै बुझिरहेका छन्। मधेशवादी दल अब गुल्टियो भने उँभो लाग्न मुस्किल पर्नेछ ।
नयाँ सरकार बनाउने, नबनाउने कुरामा रेशम चौधरी कुनै मुद्दा हैन र हुन सक्दैन। दुईवटा अदालतले दोषी ठहर गरिसकेका र सर्वोच्चमा विचाराधीन मुद्दामा रेशमलाई प्रम ओलीले छाड्न सक्दैनन्। यदि सरकारलाई छाड्न सक्ने कुनै उपाय छ भने मधेशवादी दल आफैं सरकारमा पुगेर छाडे भयो ।

संकटमा नै नेताको रियल क्षमता देखिने हो । सामान्य अवस्थामा त स्यालले पनि मजाले राजकाज चलाउन सक्छ । जनतालाई अल्मलाउने काम गर्न बन्द गरौँ । प्रष्ट भएर लोकतान्त्रिक संस्कार देखाऔँ, छलकपटलाई सीमा नाघ्न नदिऔँ ।

प्रकाशित: २६ चैत्र २०७७, बिहीबार ०३:१९
Comments
Loading...