No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

बि एन्ड सी मेडिकल कलेजले एक सय नागरिकको निशुल्क स्वास्थ्य बीमा गरिदिने

  •  
  •  
  •  
  •  
  •  

बिएन्डसी मेडिकल कलेज तथा टिचिङ अस्पताल र पूर्वाञ्चल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले एक सयजना नेपाली नागरिकको स्वास्थ्य बीमा गरिदिने बताएका छन् ।

सोमबार अस्पतालको सभाहलमा भएको पत्रकार भेटघाट कार्यक्रममा निर्देशक प्रसाईंले विपन्न तथा पछाडिएको समुदायका नागरिकलाई प्राथमिकतामा राखेर बीमा गरिने जानकारी दिए ।

सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रममार्फत पैसावालाले फाइदा लिइरहेकाले विपन्नवर्गका नागरिकको स्वास्थ्य बीमा गरिन लागेको प्रसाईंको भनाइ छ । अस्पतालको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बीमा गरिने अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस गिरीले बताए ।

‘जुन समुदाय राज्यको पहुँचभन्दा बाहिर छ, त्यो समुदायलाई विशेष प्राथमिकतामा राखिनेछ’, निर्देशक प्रसाईंले भने, ‘सन्थाल, मेचे, मुसहर, उरावलगायत पछाडि परेको र विपन्न परिवारलाई अस्पतालले निःशुल्क बीमा गरिदिन्छ ।’ प्रत्येक परिवारका लागि तीन हजार ५ सय रुपैयाँ खर्च गरेर बीमा गरिने अस्पतालले जनाएको छ ।

यसैबीच, सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत नै अस्पतालले करिब अढाइ करोड रुपैयाँको लागतमा बिर्तामोड २ को मोहनमाया माविको भवन निर्माण सम्पन्न गरेको गिरीले जानकारी दिए ।

त्यस्तै, अर्जुनधारा ६ को लक्ष्मीपुर मावि र अर्जुनधारास्थित खुदुनाबारीको जनता माविको भवन निर्माण पनि अस्पतालले गरिदिने जनाएको छ।।।झापाटुडे

प्रकाशित: ३० चैत्र २०७७, सोमबार ११:५८
Comments
Loading...