No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

राजा ! विश्वको सामु शीर उठाउने गौरव हौं !राजन !!

  •  
  •  
  •  
  •  
  •  
कल्पीत ढकाल ।
सुनी बक्शियोस् राजन
के हजुरलाई थाहा छ
हजुर हाम्रो लागी के हो भनेर ।
मुटु काम्ने जाडोमा
घामबाट प्राप्त हुने
खुशी हौ राजन तिमी!
कुनै पुरानो मित्रसँग
अचानक भेट हुँदा
प्राप्त हुने खुशी
त्यही हौ तिमी राजन ।
गर्मीमा घामले पोलियको दिनलाई राहत पुरयाउने साँझको
खुशी हौ तिमी राजन!
हरायको समान भेटिदाको खुसी हौ राजन।
नयाँ साल आउनु भन्दा पहिले बारह बजाउने घडीको सुइहरु एक हुँदा प्राप्त हुने खुशी हौ राजन
सुन न राजन!
बिश्वको सामु शिर उठाउने गौरब हौ राजन
निचोड़मा भनु भने हामी नेपालीको जिउने आधार गर्बका धार हौ तिमी राजन !
सुन न!
हामी तिम्रै जनता हौ
हामी केवल तिम्रै
कसरी भनु यो खुशी!
नेपाल र नेपालीको लागी मात्र
जय देश जय नरेश
कल्पीत ढकाल ।
प्रकाशित: ३१ चैत्र २०७७, मंगलवार ०४:२५
Comments
Loading...