No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

गोकर्ण सिंह राष्ट्रिय सरोकार मञ्च नेपालको सेती र महाकाली ईन्चार्ज नियुक्त

  • 707
  •  
  •  
  •  
  •  
    707
    Shares
काठमाण्डाैं । गोकर्ण सिंह राष्ट्रिय सरोकार मञ्च नेपालको सेती र महाकाली ईन्चार्ज नियुक्त हुनु भएकाे छ । मन्चका केन्द्रीय अध्यक्ष साेम बिक्रम सिंहले नयाँ वर्षा २०७८ काे वैशाख १ गते सिंहलाइ राष्ट्रिय सरोकार मञ्च नेपालको सेती र महाकाली ईनचार्ज नियुक्त गर्नु भएकाे हाे । नवनियुक्त इन्चार्ज सिंहलाइ सेती र महाकाली अञ्चल अन्तर्गत पर्ने सम्पूर्ण जिल्लाहरुको समिती गठन गर्न पनि जम्मेवारी पनि दिईएको छ ।
साे अवसरमा मन्चका केन्द्रीय अध्यक्ष सिंहले राष्ट्रिय सरोकार मञ्च नेपालको अवघारणा तथा बिधान बमोजिम प्रतिबद्ध र कटिबद्ध भई सदैव राष्ट्र प्रति कर्तव्यनिष्ठाको साथ कर्मनिष्ठ अभियन्ता भई डटेर लाग्न हौसला प्रदान गर्दछौं भन्ने प्रतिवद्धता पनि जनाउनु भएकाे छ । थप हेराैं मन्चकाे विज्ञप्ती जस्ताकाे त्यस्तैः
ॐ श्री गणेशाय नमः
मिती:- चैत्र शुक्ल दितीय , वैशाख १ गते २०७८ साल
श्री गोकर्ण सिंह
ठेगाना : धनगढी उप-महानगरपालिका ३, कैलाली
बिषयः ईनचार्ज नियुक्ति प्रदान।
उपरोक्त बिषयमा तपाई श्री सिंह बहादुर सिंह ज्युको सुपुत्र श्री गोकर्ण सिंह ज्युलाई राष्ट्रिय सरोकार मञ्च नेपालको सेती र महाकाली ईनचार्ज नियुक्त प्रदान गरिएको छ ।यसै गरी तपाईंलाई सेती र महाकाली अञ्चल अन्तर्गत पर्ने सम्पूर्ण जिल्लाहरुको समिती गठन गर्न पनि जम्मेवारी दिईएको छ । राष्ट्रिय सरोकार मञ्च नेपालको अवघारणा तथा बिधान बमोजिम प्रतिबद्ध र कटिबद्ध भई सदैव राष्ट्र प्रति कर्तव्यनिष्ठाको साथ कर्मनिष्ठ अभियन्ता भई डटेर लाग्न हौसला प्रदान गर्दछौं। तपाईंलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नका साथ कार्यकालको सफलताको कामना गर्दै भगवान आराध्यदेव श्री पशुपतिनाथसँग प्रार्थना गर्दछौं।
तपाईंको उर्जा, हौसला र राष्ट्रिय सरोकार मञ्च नेपालको बिचार तथा सिद्धान्तलाई आत्मासाथ गरि अगाडि बढ्न हामीलाई साथ दिने वचनवद्वता प्रति आभार प्रकट गर्दै स-धन्यवाद टक्राउन चाहन्छौं। ईति
ॐ शिव गोरख 🔱
जय कर्मनिष्ठ
………………….
सोम बिक्रम सिंह
केन्द्रिय अध्यक्ष तथा कर्मनिष्ठ अभियन्ता
(राष्ट्रिय सरोकार मञ्च नेपाल)
प्रकाशित: १ बैशाख २०७८, बुधबार १५:०६
Comments
Loading...