No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

देशलाई २०४७ तिर फर्काउने ओलीको गेमप्लान !

  • 4
  •  
  •  
  •  
  •  
    4
    Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली देशलाई २०४७ सालतिरै फर्काउन लागेकाले त्यसको प्रतिवाद गर्नुपर्ने बताएका छन् ।

बुधबार राति ट्वीट गर्दै भट्टराईले २०४७ तिरै फर्किने ओलीको कदमलाई रोक्न अग्रगमनकारी शक्तिहरूले बेलैमा बुझेर प्रतिवाद गर्नुपर्ने बताएका हुन् ।

उनले भनेका छन्, ‘ओलीको निरन्तर प्रतिगमनकारी हर्कत र हठको श्रोत नेपालको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई विविध बाटो÷चरणबाट उल्टाएर देशलाई२०४७ तिरै फर्काउने गेमप्लानको अंग हो भने अग्रगमनकारी शक्तिहरूले पनि बेलैमा यसलाई बुझेर प्रतिवाद गर्न नसकेको अपजस इतिहासको कठघरामा उभिएर ब्यहोर्नुपर्ला है !’

प्रकाशित: १ बैशाख २०७८, बुधबार १६:२३
Comments
Loading...