No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

माथिल्लो तामाकोशीको काममा ढिलासुस्ती गर्नेले नै त्यसको क्षतिपूर्ति बेहोर्नुपर्छः प्रधानमन्त्री

  • 4
  •  
  •  
  •  
  •  
    4
    Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो तामाकोशीको काममा भइरहेको ढिलाइप्रति असन्तुष्टि जनाएका छन् । बिहीबार नापी कार्यालयबाट अनलाइन प्रणाली नेलिस तथा मेरो कित्ता मार्फत सेवा प्रवाहको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अपर तामाकोशीको काममा अस्वभाविक रुपमा ढिलाइ गरिएको भन्दै यस्तो ढिलासुस्ती सैह्य नहुने बताएका हुन् ।

अपर तामाकोशीको काममा दैनिक १३ करोड रुपैयाँ नोक्सान भइरहेकाले काम किन ढिलो भइरहेको छ भन्नेमा आफूले विशेष रुची बढाउनुपर्ने आवश्यकता रहेको उनले बताए ।

काममा ढिलासुस्ती भएमा ढिलासुस्ती गर्नेले नै त्यसको क्षतिपुर्ति बेहोर्नुपर्ने पनि उनले बताए । उनले भने, ‘अत्यन्तै अस्वभाविक ढङ्गले अपर तामाकोशीको काममा ढिलाई गरिएको छ । मैले यसतर्फ विशेष ध्यान राख्नुपर्ने, रुची बढाउनुपर्ने जस्तो देखेको छु । अपर तामाकोशीको काममा जुन ढिलासुस्ती छ त्यो अस्वभाविक, असाधारण छ । लगभग एक वर्षदेखि म एउटै कुरा सुनिराख्या छु एउटा सानो मेसिन त्यहाँ जडान गर्नुछ । त्यति राख्न दिनमा प्रत्यक्ष पाँच करोड त्यसमा नोक्सान भइराख्या छ । परोक्ष भन्ने हो भने १३ करोड दैनिक नोक्सान भइराख्या छ । केही मान्छेहरुको यो ढिलासुस्ती हो या अरु केही हो त्यो हेर्नपर्ने भएको छ । यस्तो विलम्ब ढिलासुस्ती अब सैह्य, अब मान्य हुन सक्दैन ।’ प्रधानमन्त्री ओलीले कोरोना संक्रमण बढ्दो अवस्थामा रहेकोले सजग हुन सबैलाई आग्रह गरे ।

प्रकाशित: २ बैशाख २०७८, बिहीबार १२:२३
Comments
Loading...