No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

गणतन्त्र संस्थागत गर्न नगरी नहुने काम !

  • 4
  •  
  •  
  •  
  •  
    4
    Shares

केशवप्रसाद भट्टराई ।

१. सानो टुँडिखेल र सैनिक मंचको माझको सम्पूर्ण क्षेत्र समेटेर महामहिम श्यामसरण  पार्क बनाउने,

वीचमा उनको भव्य सालिक राख्ने,

प्यारजङ्ग थापाको नेतृत्वमा उहाँका निकट सहयोगीहरू सदस्य रहेको महामहिम श्यामसरण गणतन्त्र फाउन्डेसन नामक सँस्था निर्माण गर्ने र सो सँस्थाको   कार्यसंचालन  सम्पूर्ण  आर्थिक दायित्व नेपाल सरकारको हुने ।

सो फाउन्डेसनले उक्त पार्कको संरक्षण सहित श्याम सरणको नाउमा हरेक वर्ष दक्षिण एसिया स्तरको खेलकुद प्रतियोगिता सहित अन्य  कार्यक्रम आयोजना गर्ने !

२. नारायण हिंटी भित्र प्रणव मुखर्जी,  ब्रजेश मिश्र, पी.के हर्मिस थाराकन,हरकिसन सिंह सुरजित, सीताराम येचुरी र सोनिया गान्धी. . .  का विशाल सालिकहरूसँगै  उनीहरूको नाउमा अलग अलग पार्क बनाउने  !

उनीहरू  हरेकको नाउमा गणतन्त्र संग्रहालय बनाउने र हाल नारायणहिंटी संग्रहालयका सवै सामग्री ती संग्रहालयमा स्थानान्तरण गर्ने,

ती सालिक र पार्कको  संरक्षकमा १२ बुँदेका हस्ताक्षरकर्ता, उनीहरूका सन्तानहरू र र १२ बुँदेका हस्ताक्षरकर्ताहरूका निकट सहयोगीहरू पदेन सदस्य रहेको गणतन्त्र   फाउन्डेसन स्थापना गर्ने !

नेपाल ट्रस्टको नाउमा रहेका सवै सम्पत्ति उपरोक्त  फाउन्डेसन र संग्रहालयको नाउमा हस्तान्तरण गर्ने ,

सो फाउन्डेसनका सदस्यहरू र  कम्तीमा उनीहरूका तीन पुस्ता सम्मका व्यक्तिहरूले नेपालको सेना, प्रहरी, कूटनीतिक सहित निजामती सेवा, न्याय सेवा  वा राजनीतिमा रोजेको वा चाहेको पद प्रदान गर्नु नेपालका सवै सरकार र संवैधानिक निकायको दायित्व हुने,

उनीहरूका तीन पुस्तासम्मलाई कुनै सरकारी पदमा रहे वा नरहेको  दुवै अवस्थामा  आजीवन  नेपाल सरकारको मंत्री सरहको सुविधा   र मर्यादाक्रम प्रदान गर्ने ,

सम्माननीय सभामुखज्युको नेतृत्वको संसदको सर्वदलीय विशेष समितिले  त्यसको अनुगमन गर्ने व्यवस्था मिलाउने !

३. उनीहरूकालागि  नेपालको सवैभन्दा ठूलो अलंकार  पदकको व्यवस्थागर्ने र सो अलंकार पदकको स्तर र  मर्यादा भन्दा माथि अर्को कुनै अलंकार पदकको व्यवस्था नेपालले गर्न नपाउने !

४. गणतन्त्रलाई सँस्थागत गर्ने यी लगायतका कार्य गर्नमा ओली सरकारले कुनै सकृयता र प्रतिवद्धता नदेखाएकोले  यस्तो नालायक, प्रतिगामी  र स्वेच्छाचारी सरकारलाई तत्काल विस्थापन गर्न आवश्यक

जे जे कर्म– दुष्कर्म गर्नु पर्छ  बिना हिच्किचाहट सवै गर्ने अनि सो को पक्षमा अन्तर्राष्ट्रिय समर्थन र सहयोग जुटाउन  एक उच्च स्तरीय प्रतिनिधि मण्डल भारत, चीन,अमेरिका, नर्वे, डेनमार्क,स्विट्जरल्यान्ड , बेलायत आदि मुलुक पठाउने !

नयाँ आउने सरकारको नेतृत्व गर्छु भन्ने व्यक्तिले सर्वप्रथम  प्रचण्ड, बाबुराम, माकुने, पौडेल र सिटौला मण्डली समक्ष  तोकिएको मिति र समय  भित्र उपरोक्त काम गर्ने कुराको कबुलियतनामा गरिदिनु पर्ने !

प्रकाशित: २ बैशाख २०७८, बिहीबार १४:३३
Comments
Loading...