No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

केपीको थप सत्ता लम्ब्याउन एमसीसी तुरुप

  • 8
  •  
  •  
  •  
  •  
    8
    Shares

झिल्को टिप्पणी ।

उनले दुई तिहाई बहुमतको पहिलो कम्युनिष्ट सरकार त ढालिसके । एकीकृत कम्युनिष्ट पार्टीको बिघटन गराइसके । संसद बिघटनको उनको प्रतिगमनकारी कदम सर्वोच्च अदालतले उल्टाइ दिएपछि उनी फेरि आफ्नो सत्ता लम्व्याउन देशको सार्वभौमसत्तालाई जुवा हान्ने अन्तिम दाउमा छन् । मिलेनियम च्यालेञ्ज कोअपरेशन एमसीसी हुबहु पास गराउने र अमेरिकी आशिर्वाद प्राप्त गरेर सत्ता आयु लम्व्याउने उनको अहिले अन्तिम हत्कण्डा भइरहेको छ । उनी अर्थात नेपाली वाम आन्दोलनको नयाँ केशरजंग रायमाझी अब अन्ततः सिङ्गै वाम आन्दोलन, जनताको सत्ता र देशको सार्वभौमिकता विदेशीका सामु सुम्पेर आफ्नो सत्ताको आयु लम्व्याउन तम्तयार भएका छन् । देशको सार्वभौमिकतासँग सत्ता साट्ने केपी ओलीको प्रतिगमनकारी हर्कतको नयाँ षडयन्त्रले सफलता नपाउँदै गर्भमा तुहाई दिनु अहिले जो कोही देशप्रेमी, लोकतान्त्रिक र जनपक्षीय राजनीतिक सत्ता र शक्तिको प्रमुख कार्यभार हुन आएको छ ।

पछिल्ला दिनमा मुख्य विपक्षी दल कांग्रेसले आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउने औपचारिक निर्णयसँगै अन्य सहयोगी दलहरु मओवादी केन्द्र र जनता समाजवादी दलसँग छलफल औपचारिक रुपमा नै अगाडि बढाएपछि काँग्रेसलाई हात लिएर आफ्नो सत्ता जोगाउने र टिकाउने ध्याउन्नमा छन्, नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली ।

निशर्त एमसीसीको पक्षधर रहेको नेपाली काँग्रेसले चालू संसद अधिवेशनबाटै एमसीसीलाई हुबहु पास गर्न साथ दिएमा काँग्रेससँगै सत्ता समीकरण गर्न ओली तयार देखिएका छन् । त्यही ढंगले उनले अनौपचारिक रुपमा काँग्रेस सभापति शेरबहादुर देउवासँग निकटस्थहरु मार्फत वार्ता र सम्वादहरु अघि बढाइ रहेका छन् । स्मरणीय छ, पछिल्ला दिनमा सभामुखले एमसीसी संसदमा टेबल नगरेको भन्दै उनले सभामुख अग्निप्रसाद सापकोटाको सार्वजनिक मन्चहरुमा नै खुल्ला आलोचना गर्दै आएका छन् भने तत्कालीन सभामुख कृष्णबहादुर महराको पनि उनले सार्वजनिक संचार माध्यममार्फत नै आलोचना गरेका थिए ।

आफ्नो सरकारको दिनगन्ती सुरु भएपछि मर्नु भन्दा बहुलाउनु वेशको नीतिमा अघि बढिरहेका प्रतिगमनकारी सत्ताका हर्ताकर्ता ओली अहिले काँग्रेसलाई एमसीसीको पासा फालेर आफ्नो समर्थनमा ल्याउन लागिपरेपछि अब काँग्रेसले ओलीको चारोमा भुलिएर होइन, उसले देशभक्तिको जगमा, लोकतन्त्रप्रतिको उसको निष्ठाका आधारमा ओलीको प्रयासलाई निरर्थक तुल्याउनुपर्ने जिम्मेवारी र कर्तव्य थपिएको छ । एमसीसी तत्कालीन प्रधानमन्त्रीहरु शेरबहादुर देउवादेखि प्रचण्डहरु समेतको सरकारले प्रारम्भिक तहबाट अघि बढाउँदै ल्याएको हुनाले सिद्धान्ततः काँग्रेस, माओवादी वा अन्य दलहरु यसलाई पारित नै गर्न हुन्न भन्ने अडानमा छैनन् । देशको हितका लागि कुनै पनि अन्र्तराष्ट्रिय मेघा परियोजना आउनु आफैमा गलत पनि होइन । विषय विज्ञहरुले पनि एमसीसी ठीक तर एमसीसीभित्रका देशलाई घात गर्ने केही बुँदाहरु मात्र वेठीक भन्दै आएका छन् ।

तत्कालीन नेकपाले वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको छानबिन समितिले पनि एमसीसी संसोधनसहित पारित गर्नुपर्ने लिखित राय, सुझावसहितको प्रतिवेदन पार्टीमा बुझाएको थियो । त्यसैले अहिले ओलीले सत्ताको भ¥याङका रुपमा, आफ्नो प्रतिगमनकारी हर्कतको रक्षाकवचका रुपमा एमसीसीको दुरुपयोग गर्ने जुन ताण्डब देखाउँदैछन, त्यसका विरुद्ध लोकतान्त्रिक शक्ति हुनुका नाताले काँग्रेसले नै पहिलो प्रतिरोध गर्नु जरुरी छ ।

एमसीसीका देशहित विपरीतका सबै प्रावधानहरु सच्याउन सरकारले अमेरिकी सरकारसँग पत्राचार गर्ने, संसदले संकल्प प्रस्ताव पारित गर्ने र एकढंगले कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको एमसीसीलाई परिमार्जनसहित पारित गराउने दायित्व यही संसदको हो । यिनै दलहरु, काँग्रेस, माओवादी, एमाले र जसपाहरुको हो ।

त्यसैले, अहिले कोही पनि देशभक्तले एमसीसीको पक्षमा हुबहु कार्यान्वयनको पक्षमा होइन, संसदबाटै संकल्प प्रस्तावसहित पारिमार्जन गरेर पारित गर्ने पक्षमा नै उभिनुपर्छ । उसै पनि ओली इतर सत्ताको तयारीमा काँग्रेस, माओवादी, जसपा र एमालेको असन्तुष्ट समूहले कार्यगत एकताका लागि पहलकदमी उठाइरहेका बेलामा काँग्रेसले ओलीको प्रतिगमनलाई साथ दिने गरी होइन, आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गरी सर्वदलीय सहमति र साथमा एमसीसीका पक्षमा उभिनुपर्छ । अन्यथा एमसीसीका हकमा ओलीको प्रतिगमनको मतियार काँग्रेस पनि भएको कालो इतिहास बन्न सक्छ । काँग्रेस ओलीको पुच्छर भएर एमसीसी पास गर्ने कालो इतिहासको रचनाकार बन्नबाट जोगिनुपर्छ ।https://www.jhilko.com/views/28853/

प्रकाशित: ३ बैशाख २०७८, शुक्रबार ०१:४९
Comments
Loading...