No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

बैंक तथा वित्तिय संस्थालाई राष्ट्र बैङ्कको सात बुँदे निर्देशन

  • 2
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले कोरोना संक्रमण बढ्दै गएपछि २५ प्रतिशतभन्दा कम कर्मचारी राखेर बैंकिङ सेवा दिन बैंक तथा वित्तिय संस्थालाई निर्देशन दिएको छ । आइतबार सूचना जारी गर्दै केन्द्रिय बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई सात बुँदे निर्देशन दिएको हो ।

निर्देशनमा कार्यालयमा उपस्थित नभइ कार्य सम्पादन गर्न नसकिने कामका लागि मात्र कर्मचारी बोलाएर काम गर्न भनिएको छ । निषेधाज्ञा जारी भएको स्थानमा केन्द्रीय कार्यालयको हकमा २० प्रतिशतभन्दा कम कर्मचारी र शाखा कार्यालयको हकमा २५ प्रतिशतभन्दा कम कर्मचारी राखेर काम सुचारु गर्न राष्ट्र बैङ्कले निर्देशन दिएको छ ।

 

प्रकाशित: १९ बैशाख २०७८, आईतवार ०९:५६
Comments
Loading...