No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

काठमाडौंबाट फेरि हेलिकप्टरमा झापा ल्याइयो कोरोना संक्रमित

  •  
  •  
  •  
  •  
  •  

झापा । कोरोना महामारीका बेला झापास्थित विएण्डसी अस्पताल भेन्टिलेटर चाहिने बिरामीका लागि सहज अस्पताल बन्न थालेको छ । मेची अन्चल र मोफसलका अन्य जिल्लाबाट मात्र होइन, राजधानी काठमाण्डुबाट पनि बिरामीहरू विएण्डी अस्पतालमा हेलिकप्टर चार्टर गरेर जान थालेका छन ।

काठमाडौंमा कोरोना संक्रमितका बिरामीलाई हेलिकप्टरमार्फत् झापा लगिएको छ। आइसियूसहितको उपचार कक्ष नपाइएको भन्दै झापा शिवसताक्षी-५ का कोरोना संक्रमितलाई विर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएको हो।

सोमबार दिउँसो १ बजे काठमाडौंको मनमोहन मेडिकल कलेजबाट ३५ वर्षीय मदन पाठकलाई हेलिकप्टरमार्फत् उपचारका लागि विर्तामोडको बिएण्डसी अस्पताल ल्याइएको छ।

अस्पतालले उनलाई आइसियूमा राखेर उपचार सुरू गरेको अस्पतालका जन-सम्पर्क अधिकारी प्रमिस गिरीले बताए। पाठक सिम्रिक एयरको हेलिकप्टरले बिएण्डसी पुर्‍याएको गिरीले बताए। पाँच दिनअघि पनि शिवसताक्षी नगरपालिका घर भई काठमाडौं बस्दै आएका सङ्क्रमित नरप्रसाद उप्रेतीलार्ई हेलिकप्टरमार्फत् उपचारका लागि बिएन्डसी ल्याइएको थियो।

मनमोहन अस्पतालमा आइसियू बेड नभएको र भेन्टिलेटरसमेत चाहिन सक्ने डाक्टरले औंल्याएपछि बिएण्डसी ल्याइएको हो,’ गिरीले भने।

बिएण्डसीमा अहिले १९ जना कोरोना संक्रमित छन्। त्यसमध्ये ९ जना आइसियूमा छन्। बिएण्डसीमा २५ बेडको आइसियूसहितको भेन्टिलेटर छ। हालसम्म भेन्टिलेटरमा भने कसैलाई राख्नुनपरेको गिरीले बताए।

प्रकाशित: २० बैशाख २०७८, सोमबार ०८:३६
Comments
Loading...