No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

राजनीति विश्लेषण गर्ने बुद्धिजीवी बर्गलाई मात्रै !

  •  
  •  
  •  
  •  
  •  

माेहन लामा रूम्वा ।

:::::::::::::::::::::::::::::::::::::::::::::::::

चीनको चौकीदार ! शिर्षक राखेर मैले पोस्ट गरेपछि एउटा तरंग आएको महसुस गरें। धेरै बौद्धिक लेभलका साथीहरू इन्बक्समा बिचार विमर्श गर्न आए त्यसमध्ये

Govinda Bohara Brahmanda

जी फोन गरेर एक घण्टा कुरा गर्नु भयो। उहाँको युट्युब तिर तपाईंहरुले थुप्रै अन्तर्वार्ता हेर्नु भएको होला उहाँ पनि धुरन्धर राजनीतिक विश्लेषण गर्न रुचाउने मध्ये एक हो। मेरो पोस्ट पढेपछि उहाँ छक्क पर्दै फोन गर्नु भएको रहेछ, उहाँ भन्दै हुनुहुन्थ्यो मैले त त्यतातिर अहिलेसम्म ध्यान नै पुराएन छु तपाईं त धार्मिक विश्लेषण मात्रै गर्ने हो भन्ने जस्तो लागेको थियो यो पोस्ट पढेपछि अब नयाँ सिरा बाट बुझ्नुपर्ने भयो भन्दै हुनुहुन्थ्यो।

मैले त्यो पोस्ट सर्वसाधारणको लागि राखेको पनि होइन लामो समय राजनीतिमा हण्डर ठक्कर खाँदै कपाल फुलाएर राजनीति गर्दै हिंड्ने समुहलाई लक्षित गरेर राखेको पोस्ट थियो कयौं कुराहरू त राख्न नमिल्ने भएर छोडेको छु जुन कुरा जानकार हरुलाई इसारा काफी होला।
मैले

Shantiman Shrestha

जी लाई मेरो बिचार यस्तो छ तर बाहिर माहौल अर्कै छ लेखुँ की नलेखुँ दोधारमा परेर अहिलेसम्म लेख्न सकेको छैन भनेपछि उहाँले लेख्नुस मोहन जी मलाई पनि तपाईंको यो तर्कले नयाँ सिरा बाट समिक्षा गर्न उत्प्रेरित गर्यो भन्नुभयो त्यसपछि हल्का केहि दुई चार कुरा चुहाएर एउटा नयाँ फरक धार बाट कुरा राखेको हुँ। अबको केही समयपछि यो धार बाट पनि ब्याख्या विश्लेषण गर्नेको लहर चल्ने छ भन्नेमा ढुक्क भएको छु।

हामीलाई अहिलेसम्म राजनीतिक बजारमा हाम्रो स्वाँठ विद्वानहरुले अमेरिका विरुद्ध चीन-चीन विरुद्ध अमेरिकाको सैद्धान्तिक “थ्यौरी” घोकायो र हामी पनि त्यस्तै मनस्थिति बनाएर बकम्फुसे बिचार बनाउदै हिंड्यौं। अहिले पनि युट्युव तिर यस्तै बकम्फुसे हरुको घगडान प्रवचन जारी छ हेरेर हाँस्नु बाहेक उपाय के छ र ?
राजनीतिक विश्लेषक हरुलाई मेरो तर्क !
प्रधानमन्त्री K.P ओलीले पहिलो प्रधानमन्त्री कालमा BRI मा हस्ताक्षर गरेर आयो, तर त्यतिबेला ओलीको ठाउँमा शेर बहादुर देउवा भएको भए पनि BRI मा हस्ताक्षर हुने थियो भन्दा अचम्म मान्छ होला तर यथार्थ कुरा त्यही सत्य हो, BRI मा नेपाल जाने सहमति गर्ने पहिलो प्रधानमन्त्री कांग्रेसको सुशील कोइराला हुन र त्यतिबेलाको परराष्ट्रमन्त्री प्रकाशशरण महतले हस्ताक्षर गरेर आएको हो। प्रकाशशरण महत को हुन् ? भन्ने बारेमा सबै जानकार छ र सुशील कोइरालाको सरकार “गाइड” गर्ने रामशरण महत थियो अहिले सुभाष नेम्वाङले ओलीको गाइड गरेको जस्तो। बाँकी सुभाष नेम्वाङ र रामशरण महत बारेमा राजनीतिमा कपाल फुलाउने हरुलाई के बोलिबिस्तार लाई राख्न पर्ला र ?
अब भन्नुस् त्यतिबेला देउवा नै भए पनि BRI मा हस्ताक्षर हुने थियो होइन ? अनि देउवाले गरेको भए त्यसलाई तपाईहरु कुन एंगल बाट ब्याख्या गर्नु हुन्थ्यो ?
जब ओलीले BRI मा हस्ताक्षर गरेर राष्ट्रवादको चौतर्फ ढोल पिटिरहेको थियो, ओलीलाई चीन मैत्री राष्ट्रवादी पगरी गुथी रहेकोे थियो मैले त्यतिबेला देखि बारम्बार भन्दै आइरहेको कुरा के थियो भने अमेरिकी युरोपेलीले भारत असहमत हुँदै जारी गरेको संविधानमा चीन संग साँठगाँठको परिणाम BRI मा आफ्नो खेताला हरुलाई हस्ताक्षर गर्न पठाएको हो भनेर।
अहिले त लगभग छर्लङ्ग भयो ओलीलाई बोआओ सम्मेलनमा निम्तो समेत दिएन उल्टै ओली सरकार गिराउन हात धुएर लाग्दै छ तर त्यसको कारण MCC ओलीले ल्याउन लागेको भनेर होइन BRI को फाइल दराजमा थन्क्याएर माकुरोको जालो लाग्ने बनायो भनेर हो।
नेपालमा धेरै अगाडि देखि चीन अमेरिकी र पश्चिमी शक्तिको अघोषित साँठगाँठ जारी छ। आर्थिक सामाजिक धार्मिक साँस्कृतिक भौगोलिक रूपमा भारत प्रभावित नेपालमा एक्लै अमेरिका उभिन चीनको सहयोग बिना असम्भव छ भने चीन एक्लै खुट्टा पसार्न अमेरिकाको सहयोग बिना असम्भव छ त्यसैले चीन पश्चिमी अमेरिकी नेपालको भूमिमा एक अर्काको परिपुरक हुन्। अहिले केहि सानु झुन्ड चीन भारत एक ठाउँ उभिन पर्छ भन्ने बिचार प्रवाह भैरहेको छ तर त्यसलाई पश्चिमी शक्तिले छेउ पर्न पनि दिदैन।
चीन अमेरिका युरोपेली गठबन्धनको नमूना एउटा हेर्नु नेपालमा जुनसुकै दलको नेता भए पनि एक चीन नितिमा एउटै श्वर त्यसै आएको होइन ! बारम्बार सिक्किम काण्ड नेपालीलाई घोकाई राख्ने पश्चिमी ताकतले तिब्बत काण्ड बारेमा पश्चिमका नेपाली एजेण्टहरु मौन बस्नुलाई एकपटक नियालेर हेर्नु तस्वीर आफैं क्लिएर हुन्छ।
अत: चीनले होस् वा अमेरिका भारत जोसुकैले आआफ्नो राष्ट्रको स्वार्थ हेर्छ त्यसैले हामीले पनि MCC चीन विरुद्ध ल्यायो चीनलाई घेराउ गर्न ल्यायो भन्दै अर्काको हितमा बोल्ने होइन आफ्नो देशको हितमा हेरेर बोलौं। MCC नेपालको सार्वभौम सत्ता लाई चुनौती दिने खालको छ हाम्रो संविधान ऐन कानुन भन्दा माथि MCC छ, हामी धेरै अगाडि देखिन अघोषित अमेरिकी गुलामी त हौं नै MCC पास गरेपछि घोषित र वैधानिक रूपमा नैं गुलामी हुन्छौं, यसरी बोलौं यसरी आफ्नो स्वाभिमान जगाउने हिसाबले प्रशिक्षित गरौं न कि चीनको बेतलवी चौकिदार बनेर !! साभारःhttps://www.facebook.com/profile.php?id=100006263235732
No photo description available.
प्रकाशित: २० बैशाख २०७८, सोमबार १०:०२
Comments
Loading...